'ब्याकअफ चाइना' भन्दै वीरगन्जमा प्रदर्शन

अनिल तिवारी वीरगन्ज कात्तिक १०
मधेस आन्दोलन वसरोधी गतिविधि गरेको भन्दै मंगलबार वीरगन्जमा चीनको विरोधमा प्रदर्शन भएको छ।
‘ब्याक अफ चाइना’ भन्दै स्थानीय युवा तथा विभिन्न  मधेशवादी दलका स्थानीय  कार्यकर्ताले विरोध र्‍याली निकालेका छन्। चीनले आन्दोलन तुहाउनैका लागि बिना कुनै सम्झौता नेपाललाई तेल दिन लागेको उनीहरूले आरोप लगाएका छन्।
र्‍याली वीरगन्जको घन्टाघरबाट मेनरोड,अलखिया मठ हुँदै  पुनः घन्टाघर मै आएर कोणसभामा परिणत भएको थियो। कोणसभामा बोल्ने सबै वक्ताले चीनको विरोध गरे।
कोणसभालाई युवा नेता ओम प्रकाश सरार्फ, इमदाद गदि , इश्वरचन्द्र यादव, जगदीश पटेल, रमेश गुप्ता, जटाशंकर गिरि लगायतले सम्बोधन गर्दै चीनले अख्तियार गरेको मधेश बिरोधी नीति सच्याउन चेतावनी दिएका थिए।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget