कार्तिक ९
नयाँ दिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र हिन्दुवादीहरुको आलोचना गरेको भन्दै भारतमा एक लेखिकालाई बलात्कारको धम्की दिइएको छ । कन्नाडा लेखिका चेतना तिर्थाहलीलाई सामाजिक सञ्जालबाट एसिड हमलादेखि बलात्कारसम्मको चेतावनी दिइएको हो ।
‘केही अतिवादीहरुले मलाई हिन्दु धर्म वा प्रधानमन्त्री नरेन्द्र मोदीको बारेमा आलोचना नगर्न भन्दै धम्की दिएका छन् । मैले यसबारे प्रहरीमा उजुरी दिइसकेको छु,’ चेथनाले भनिन् । चेतनाले बेंग्लुरुको हनुमन्थनगर प्रहरी थानामा उजुरी दर्ता गरेकी छिन् ।
भारतमा गाईको मासु खाएको भन्दै मुस्लिममाथि हिन्दु अतिवादीद्वारा आक्रमणदेखि हत्या हुन थालेपछि त्यसको ब्यापक आलोचना शुरु भएको छ । केही समयअघि मात्र उनी त्यसविरुद्धको प्रदर्शनमा सहभागी भएकी थिइन् । चेतनाले हिन्दु संस्कारभित्रको कुरितिको बारेमा लेखहरु लेखेकी समेत छिन् ।
चेतनाका अनुसार उनको फेसबुकमा फेक आइडी बनाएर सयौं धम्कीहरु पठाइएको छ ।ratopati
Post a Comment