भारतविरुद्ध छाती खोलेर लड्न कस्ले दियो निर्देशन ?


'सीमापारीबाट ढुंगा हान्दैमा नेपाली झुक्दैन्'

भैरहवा, ९ कात्तिक । भारतको अघोषित नाकाबन्दी र मधेस आन्दोलनविरुद्ध सडकमा उत्रिन यहाँका साहित्यकारले आम जनसमुदायलाई आह्वान गरेका छन् ।
विगत दुई महिना भन्दा धेरै समयदेखि भैरहवा लगायत तराई मधेसको जनजीवन प्रभावित हुनेगरी मधेसवादी दलले गरेको बन्द हड्ताल र भारतीय पक्षको नाकाबन्दीको विरोध गर्दै साहित्यकार, प्राज्ञ तथा बुद्धिजीविहरुले अब चुप लागेर बस्न नहुने भन्दै सशक्त प्रतिकार गर्न पनि अपील गरेका छन् ।
सिद्धार्थ साहित्य परिषदको १७९ औं मासिक संगममा सहभागी भएका साहित्यकारहरुले भारत सधैं नेपालको लागी दुष्ट बनिरहेको बताए । नेपाली भाषा साहित्य र इंतिहांसका विद्वानहरुले साहित्यिक रचनामार्फत नेपाल भारत सीमा क्षेत्र भैरहवामा आयोजित साहित्यीक सभालाई सम्बोधन गर्दै एकै स्वरमा भने “नेपालको समृद्धि र शान्ति चाहने हो भने भारतीय नांगो हस्तक्षेप र नाकाबन्दीको डटेर प्रतिवाद गर्नुपर्छ ।”
वरिष्ठ साहित्यकार परिषदका अध्यक्ष डिल्लीराज भट्टराईको अध्यक्षता तथा परिषदका सचिव नरेश केसीको सञ्चालन एवं रामबहादुर श्रेष्ठको स्वागतमा सम्पन्न उक्त साहित्यीक संगममा प्रमुख अतिथि वरिष्ठ गजलकार रमेश समर्थनले नीजि स्वार्थ र कुर्सी लिप्सा भएका केही नेताको कारण मुलुकको राष्ट्रिय स्वाधीनता र अखण्डतामाथी दुष्ट छिमेकी भारतले गिद्धेदृष्टि लगाउन खोजेको बताए ।
प्राज्ञ बूंद रानाले अझै पनि नेताहरुको चेत नखुले मुलुक झन झन खाडलमा पुग्ने हुँदा जनताहरु एक भएर नेताको चेत खुलाउदैं मुलुकलाई स्वाधिन र स्वनिर्भर बनाउन लाग्नुपर्नेमा जोड दिए । प्राज्ञ रानाले भारतीय पक्षले अन्तर्राष्ट्रिय पारबाहन सन्धी विपरित गरेको नाकाबन्दीको घोर भत्र्सना गर्दै नेपाली जनता राष्ट्र र राष्ट्रियताको लागी एक भएर भारतीय दलाल र नोकरशाही तन्त्रको विरुद्ध एक ढिक्का हुनुपर्ने बताए ।
वरिष्ठ साहित्यकार बालकृष्ण भट्टराईले देशको विकास र सामजिक सह अस्तीत्वकालागी नेपालीहरु एक हुनुपर्नेमा जोड दिदैं लोभी पापीको भाडों दक्षिणी छिमेकीको खुलेर भण्डाफोर गर्नुपर्ने जनाए । वरिष्ठ कथाकार एवं ईतिहासवीद् विजय सागरले नेपालको एैतिहासीक कालखण्डदेखी नै यो वा त्यो नाममा भारतले हस्तक्षेप गरि नेपाललाई अस्थीर बनाइरहेको दृष्टान्त प्रस्तुत गर्दै सीमा क्षेत्रका नेपालीहरु मात्रै होइन हिमाल पहाड तराई चारैतिरका जनता एक भएर भारतीय गलत प्रवर्तिको डटेर सामना गर्नुपर्नेमा जोड दिए । बरिष्ठ साहित्यकार बनमाली निराकारले नेपालीहरु बरु पैदल हिड्न तयार छन्, ग्यासको साटो दाउरामा पकाएर खान तयार छन् तर कसैको अगाडी स्वाभीमान गिराउन तयार छैनन भन्दै वीर नेपालीहरुलाई जिस्काएर भारतले ठूलो गल्ती गरिरहेको जनाए ।
कवि तथा शब्द सिन्धुका सम्पादक यादव भट्टराईले भुकम्पमा परी घायल भएको मुलुकलाई छिमेकीको नाताले सहयोग गर्नुको साटो झन दुखः दिएको भन्दै मुक्तक मार्फत आक्रोस व्यक्त गरे । अहिलेका सर्वाधीक चर्चाका कवि रुद्र ज्ञवालीले भारतीय प्रधानमन्त्रि मोदीका छौडांहरुले सीमापारीबाट ढुंगा हान्दैमा सगरमाथा नढल्ने भन्दै भारतीय दृष्ट प्रवृतिको घोर विरोध गरे ।
कार्यक्रममा साहित्यकारहरु डा. शंकर नेपाल, मणिराम भट्टराई, घनश्याम गौतम, माधव प्रसाद पन्थि, सरिना मरासीनि, कमल रायमाझी, राधिका थापा, स्मृति कुवंर, जि.आर गहतराज लगायतले भारतीय हस्तक्षेपको विरुद्धमा एकबद्ध भई मुलुक अगाडी बढ्नुपर्ने भन्दै साहित्यीक रचना प्रस्तुत गरेका थिए । यसैबीच भारतीय हस्तक्षेपको विरुद्ध आगामी कार्तिक १४ गते शनिवार रुपन्देहीको मणिग्रामका जनआस्था सास्कृतिक समुह, रुपन्देहीको आयोजनामा वृहत सडक साहित्यीक गोष्ठी आयोजना गरिन लागिएको सुन्दरबासीले जनाएका छन् ।dainiknepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget