विराटनगर, कात्तिक १०-
संविधान निर्माणमा असन्तुष्टी जनाउँदै आएको मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीच विराटनगरमा झडप भएको छ ।
गएराती भारतबाट मालसामान लिएर नेपालतर्फ आएका गाडीलाई अवरोध गर्ने क्रममा प्रहरीसित आन्दोलनकारीको झडप भएको हो ।
झडपमा परी केही सामान्य घाइते भएका छन् ।
सडक अवरुद्ध गराउने क्रममा आन्दोलनकारीले सडकमा मोबिल र सिसा पोखेका थिए । सडक अवरुद्ध नगर्न प्रहरीले आग्रह गरिरँदा एक्कासी प्रहरीमाथी सुतली बम र पेट्रोल बम प्रहार गरेको मोरङका प्रहरी नायव उपरिक्षक प्रमोद खरेलले जानकारी दिए ।
प्रहरीलाई लक्षित गरी ३ वटा सुतली बम तथा एउटा पेट्रोल बम प्रहार भएको थियो ।
प्रहरीले स्थिती नियन्त्रणमा लिन ११ राउण्ड हवाइ फायर तथा पाँच सेल अश्रुग्यास प्रहार गरेको थियो ।etajakhabar
Post a Comment