समाचार पढ्दा पढ्दै भूकम्प गएपछि यसरी भागे पत्रकार (भिडियो)
काठमाडौँ, १० कात्तिक । आफ्नो ज्यानको माया सबैलाई हुन्छ । अझ भुकम्प वा सुनामी जस्ता प्राकृतिक विपत्तिका बेला मानिसले आफ्नो नजिकको मान्छे छाडेर आफ्नो ज्यान जोगाउन तर्फ पहिला सोच्ने गर्छ र सबै कुरा बिर्सेर उ भाग्छ । यस्तै दृश्य देखियो सोमबार अफगानिस्तानमा गएको भुकम्पमा पनि ।
अफगानिस्तानलाई केन्द्रबनाएर गएको ७ दशमलव ५ रेक्टर स्केलको भूकम्पका बेला आफ्नो काम छाडेर ज्यान बनाउन तिर लागेका दृश्यहरु अहिले सामाजिक संजालमा चर्चामा छन् । अफगानिस्तानको एरिएना टेलिभिजनको समाचार बुलेटिमा समाचार वाचन गरिरहका बेला भूकम्प जाँदा उनीहरु ज्यान फालेर भागेको दृश्य समावेश छ ।
सुरुमा शान्त रहने प्रयास गरेका ती पत्रकार भूकम्पको धक्का बढ्दै गएपछि समाचार बुलेटिनको बीचमै छोडेर गएका थिए । भूम्पम्पका कारण अगानिस्तान र पाकिस्तानमा तथा उत्तरी भारत र ताजिकिस्तानमा भूकम्पको ठूलै धक्का महसुस भएको थियो । एजेन्सीको सहयोगमाetajakhabar
Post a Comment