काठमाडौ–संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाको बार्ता टोलीका सदस्य एवम सद्भावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले मधेस विरुद्ध विष ओकल्ने केपी शर्मा ओलीलाई परास्त गर्न मात्रै प्रधानमन्त्री निर्वाचनमा मत हाल्न गएको स्पष्ट पारेका छन् ।
रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘कहिले मधेसीलाई यूपि र विहारी भन्ने, कहिले आन्दोलनले माँखो पनि भाच्दैन भनेर मधेस विरुद्ध विष ओकल्ने केपी शर्मा ओलीलाई हराउन मात्र हामी निर्वाचनमा भाग लिन गएका हौ । केपी ओलीको ठाँउमा अरु उम्मेदवार भएको भए नजान पनि सक्थ्यौ ।’
उनले ओलीले चुनाव हारेको भए मधेसीहरुको मनको पीडा पनि कम हुन्थ्यो भन्दै अगाडी भने, ‘सबक सिकाउन गएका थियौ तर सकेनौ ।’
उनले राष्ट्रपति पदमा आफूहरुको उम्मेदवार नभएको र अरु दलले पनि आफूहरुसँग कुनै प्रस्ताव नराखेकोले राष्ट्रपति, उपराष्ट्रपति निर्वाचनमा सहभागि नहुने स्पष्ट पार्दै भने,‘अहिलेसम्म हामीलाई कसैले वास्ता पनि गरेको छैन त्यसैले सहभागि पनि हुँदैनौ ।’
कर्णले मुलुकमा आपूर्ति ब्यवस्था सहज बनाउने, शान्ति सुरक्षा कायम गर्ने दायित्व सरकारको भएपनि यसमा सरकार पूर्ण रुपमा असफल भएको भन्दै यस्तो अवस्थामा कि आन्दोलनका माग संबोधन कि सत्ता छाड्नु पर्ने धारणा राखे ।
उनले मधेसीलाई बार्ता विरोधी भन्ने आरोप लगाएकोले आफूहरु बार्तामा आएपनि सरकार बार्ताकोलागि गंभिर नभएको आरोप लगाउँदै सरकारले आफूहरुको राजनीतिक मागलाई समेटेर स्पष्ट एजेण्डा ल्याए बार्ता निर्णायक चरणमा प्रवेश गर्न सक्ने विश्वास ब्यक्त गरे ।
उनले उत्तरी छिमेकी चीनसँग जोडिएका सीमानाका सुचारु भए पनि आफूहरुले अवरुद्ध गर्न नसक्ने स्पष्ट पारे ।
बार्ता टोलीका अर्का सदस्य एवम तराई मधेस सद्भावना पार्टीका बरिष्ठ नेता राम नरेश राय यादवले मधेस आन्दोलन अझै शसक्त र निर्णायक हुने दावी गर्दैै यो वर्षको धान कटाई र गहू छर्ने भन्दा पनि मधेसी जनतालाई आफ्नो अधिकारको मतलब भएको स्पष्ट पारे ।
Post a Comment