​इन्धनका १८ ट्यांकर भित्रियो

कात्तिक १०, काठमाडौं ।
नेपालगन्जको रुपैडिहा नाकाबाट आज इन्धन बोकेका ८ वटा सवारीसाधन नेपाल भित्रिएका छन् । सो नाका हुँदै सवैभन्दा बढी ५ ट्यांकर डिजल रहेको सीमास्थित ईलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ । त्यस्तै, मालबाहक अन्य करिव ५५ गाडी नेपालगन्ज भित्रिएको प्रहरीले जनाएको छ ।
भैरहवास्थित सुनौली नाकाबाट भने अहिले सम्म इन्धन बोकेका कुनै पनि सवारीसाधन नेपाल भित्रिएका छैनन् । सो नाकाबाट ३५ वटा मालबाहक गाडी भित्रिएको भन्सार कार्यालयले जनाएको छ ।
मेची भन्सार हुँदै आज इन्धन बोकेका ४ टयाङ्कर भित्रिएको भन्सार प्रमुख भीम अधिकारीले बताउनुभयो ।
उता बिराटनगरस्थित रानीभन्सारबाट इन्धनका ६ टयाङ्कर भित्रिएको भन्सार कार्यलयले जनाएके छ । सो नाका हुँदै अन्य मालबाहक गाडी आउने क्रम भने जारी रहेको छ । /radiokantipurdiary
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget