कार्तिक १० गते
काठमाडौं, १० कात्तिक । सोमबार दिउँसो अफगानिस्तानको हिन्दकुशलाई केन्द्रविन्दू बनाएर गएको भूकम्पले सबैभन्दा बढी पाकिस्तानमा क्षति गरेको छ ।
यो समाचार तयार पार्दासम्म पाकिस्तानमा डेढ सय भन्दा बढीको मृत्यु भइसकेको छ भने हजारौं भौतिक संरचना ध्वस्त भएका छन् । यसैक्रममा भारतले पाकिस्तानलाई आफू छिमेकीलाई जस्तोसुकै सहयोग गर्न तयार रहेको भन्दै सहयोगका लागि अनुमति मागेको छ ।
तर, पाकिस्तानले भूकम्पबाट भएको समस्यालाई समाधान गर्न आफूले कुनै अन्तर्राष्ट्रिय समुदायको सहयोग लिनु नपर्ने जवाफ दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
पाकिस्तानका सूचनामन्त्री पर्वेज रसिदले संचारमाध्यमसँगको कुराकानीमा भूकम्पबाट भएको समस्यालाई समाधान गर्न पाकिस्तानको स्रोत र साधन पर्याप्त हुने भएकाले देशले कुनै अन्तर्राष्ट्रिय समुदायको सहयोग लिनु नपर्ने बताएका छन् ।
यसअघि गत वैशाख १२ गते नेपालमा आएको विनाशकारी भूकम्पका बेला भारतीय प्रधानमन्त्री मोदीले सहयोग गर्ने बहानामा सुरक्षाकर्मी पठाएर राजधानी काठमाडौं लगायतका विभिन्न सहरमा ‘नाङ्गो हस्तक्षेप गरेका थिए ।dainik
Post a Comment