दिल्ली र बेइजिङका अगाडि हात नफैलाउ : उपेन्द्र यादव

कार्तिक ९, २०७२- संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भारतलाई बद्नाम गरेर नेपालको हित नहुने बताएका छन् । दिल्ली र बेइजिङका अगाडी हात फैलाउनुभन्दा मधेशीको अधिकार सुनिश्चत गरे समस्या मुलुकभित्रै समाधान हुने उनले बताए । मोरङको पूरानो सदरमुकाम रंगेली बजारमा आयोजित विरोध सभालाई सम्वोधन गर्दे उनले मधेश आन्दोलनलाई सुरुमा बिखण्डनकारी, साम्प्रदायीक भनेर बद्नाम गर्न खोजिएको बताए । त्यसमा असफल भएपछि अहिले मधेश आन्दोलनसित जोडेर भारतको बद्नाम गर्न खोजिएको बताए ।
यादवले पेट्रोलियम पदार्थ लगायतका बस्तुको आयातका लागि भारत वा चीन जानुको कुनै अर्थ नरहेको पनि बताए । ‘दिल्ली वा बेइजिङ जानु जरुरी छैन, मधेश आन्दोलनलाई गम्भीर भएर सम्बोधन गर्ने हो भने अरु समस्या आफैं हराएर जान्छ,’ उनले भने । उनले काठमान्डुलाई महाभूकम्पभन्दा ठूलो कम्पन मधेश आन्दोलनले दिएको बताए । उनले मधेशको समस्या नेपाल भित्रकै समस्या भएकाले बिदेशीलाई नगुहार्न सरकारलाई सुझाव दिए । यादवले भने– ‘म आग्रह गर्छु बिदेशीलाई नबोलाउ, यो नेपालकै समस्या हो नेपाल भित्रै समाधान गर्न गम्भीर होऔ ।’ यादवले परराष्ट्रमन्त्री कमल थापा भारत भ्रमणमा जाँदा त्यहाँबाट हप्काई खाएर फर्किएको बताउँदै चीनबाट पनि मधेश समस्या समाधान गर्न नै नेपाल सरकारले सन्देश पाएको बताए ।ekantipur
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget