अफ्गानिस्तानको भुकम्पमा मृत्यु हुनेको संख्या ७० पुग्यो/ थप विवरण आउँदै

एजेन्सी, ९ कात्तिक ।
अफगानिस्तानको सीमा क्षेत्रमा गएको शक्तिशाली भुकम्पका कारण पाकिस्तान र अफगानिस्तानमा मृत्यु हुनेको संख्या ७० पुगेको छ । पाकिस्तानमा कम्तीमा ५० जनाको मृत्यु भएको छ भने अफगानिस्तानमा १२ जना स्कूले बालबालीकाको मृत्यु भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । भुकम्पमा भएको मानविय तथा भौतिक क्षतिको पूर्ण विवरण भने आउन बाँकी नै छ । भुकम्पले ती दुई देशमा भौतिक क्षति पनि ठूलो मात्रामा भएको स्थानिय अधिकारीहरुले बताएका छन् । भुकम्प पछि पाकिस्तान र अफगानस्तानका मोबाइल सेवा अबरुद्ध भएको छ ।

काबुलदेखि २ सय ५६ किलोमिटर उतर पुर्वमा रहेको हिन्दुकुश पहाडलाई केन्द्रबिन्दु बनाएर भुकम्प गएको हो । अमेरिकी भुगर्भ केन्द्रले भुकम्प ७ दशमलव ५ म्याग्निच्युडको भएको बताएको छ । यसभन्दा अघि सो केन्द्रले ७ दशमलव ७ म्याग्निच्युडको भुकम्प गएको जनाएको थियो । भुकम्पको धक्का अफगानस्तान र पाकिस्तान बाहेक भारत र नेपालमा समेत महुसस गरिएको थियो । पाकिस्तानमा सन् २००५ को अक्टोबरमा गएको ७ दशमलव ६ म्याग्नुच्युटको भुकम्पमा ७५ हजारले ज्यान गुमाएका थिए ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget