काठमाडौं, कार्तिक ९ । नेपाली कांग्रेसले बडादसैं, तिहार र छठको उपलक्ष्यमा सोमबार काठमाडौंमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।
दिउँसो १ बजेदेखि दशरथ रंगशालामा गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसहित विभिन्न राजनीतिक दलका नेता, कुटनीतिक नियोगका प्रतिनिधि र सर्वसाधारण सहभागी भएका थिए ।
/>चियापान समारोहमा सहभागी हुन पुगेका प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको निर्वाचनमा आफूलाई समर्थन नगरेको भन्दै कांग्रेसलाई राष्ट्रपति नदिइने बताए ।
उनले आफ्नो दलले अघि सारेका राष्ट्रपतिका उम्मेदवार विद्या भण्डारीको नाममै सहमति जुट्ने विश्वास व्यक्त गरे ।
नेपाली कांग्रेसले २०३७ सालदेखि हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन चियापान आयोजना गर्दै आएको छ ।imagekhabar
Post a Comment