पदमा हुञ्जले सिन्को भाचेनन्, पद खुस्केपछि नवनिर्माणसम्बन्धी पुस्तक लेख्दैछन बामदेव गौतम

काठमाण्डु, ९ कात्तिक– राज्यको जिम्मेवारीबाट फुर्सद पाएका नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम ‘नेपालको ऐतिहासिक सन्दर्भ र नवनिर्माण अभियान’ नामक पुस्तक प्रकाशनको तयारीमा जुटेका छन् ।

निवर्तमान सरकारमा उपप्रधानमन्त्री र गृहमन्त्रीको जिम्मेवारी सम्हालेका गौतमले आफ्नो नयाँ पुस्तकमा नेपालको समग्र इतिहास, राष्ट्रियताको विकास, वर्ग संघर्षको नयाँ रुप र सम्भावना, सामाजिक आर्थिक रुपान्तरण, जलस्रोतको एकीकृत विकास, कृषि क्रान्ति, नयाँ नेपालका निम्ति पूर्वाधार विकासजस्ता विषय समेटने जानकारी दिए ।
पुस्तक प्रकाशनको जिम्मा लिएको साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले कृतिलाई सकेसम्म चाँडै प्रकाशन गरिने योजना रहेको बताए ।
उपाध्यक्ष गौतमका यसअघि दर्जनौँ विचारमूलक पुस्तक प्रकाशित भएका छन् भने एक गीति एल्बम र एक गीति संग्रह प्रकाशित छन् ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget