काठमाडौं, कात्तिक

दसैपछि साताको पहिलो दिन सुनको मूल्य २ सय रुपैयाँले मात्रै घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार दसैंअघि कात्तिक २ गते सुन प्रतितोला ५१ हजार २ सय रुपैयाँमा कारोवार भएको थियो। दसैं पछि पुनः आज आइतबार प्रतितोला २ सय रुपैयाँले घटेर सुन प्रतितोला ५१ हजार रुपैयाँमा कारोबार भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेको छ। आज आइतबार चाँदी प्रतितोला ७ सय १५ रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ। यसअघि असोज २ गते चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भएको थियो।
Post a Comment