काठमाण्डु, ९ कात्तिक– नेपाल आयल निगमले चीनबाट ग्यास आयात गर्न उद्योगीलाई अनमुति दिएको छ । ग्यास उद्योग संघले गरेको प्रस्तावमा निमगले सहमति जनाएको हो । चिनियाँ सरकारी कम्पनीबाट ग्यास आयात गर्ने संघको योजना छ ।
चीनबाट आयात गरिने ग्यास भारतको भन्दा सस्तो पर्ने ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले बताए । ‘चीनले अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार दियो र नेपाल सरकारले स्थानीय करमा छुट दियो भने प्रतिसिलिन्डर करिब १३ सय रुपैयाँमा उपलब्ध गराउन सक्छौं ।’ उनले भने ।/kathmandutoday
Post a Comment