साथीलाई पेट्रोल दिनेक्रममा आगलागी हुँदा दुई घाइते

२०७२ कार्तिक ९ सोमबार
 रुपन्देही:  पेट्रोल खन्याएर साथीलाई दिने क्रममा आगलागी हुँदा भैरहवामा आइतबार दुई जना घाइते भएका छन् ।

सिद्धार्थनगर–८ बैंक कोलोनी बस्ने ४० वर्षीय सन्जय सिंहले नवलपरासी कावासोती–८ थकालीचोक बस्ने ४० वर्षीय बलभद्र सुवेदीलाई पेट्रोल दिने क्रममा आगलागी हुँदा दुवै जना घाइते भएको रुपन्देही प्रहरीले जनाएको छ । घटना साँझ ७ बजेतिर भएको प्रहरीले जनाएको छ ।


एउटा भाँडोमा रहेको पेट्रोललाई अर्को भाँडामा खन्याएर दिने क्रममा छेउमा बलिरहेको दियोबाट आगो लाग्दा दुवै जनाको घुँडामुनिको भाग जलेको रुपन्देहीका प्रहरी प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए ।

घाइते दुवै जनाको भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए। आगलागीबाट घरको कोठामा रहेका लत्ता कपडा, खाट, लोवेडलगायतका सामान जलेर नष्ट भएको समेत प्रहरीले जनाएको छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget