विद्या भण्डारीलाई एमाओवादीकै सांसदले भोट हालेनन्, भोट नहाल्नेमा को-को ?

काठमाडौं, ११ कात्तिक । बुधबार दिउँसो सम्पन्न राष्ट्रपति निर्वाचनमा सत्तारुढ गठबन्धनकै सांसदले मतदान नगरेको पाइएको छ ।
सत्ता साझेदार दल एकीकृत नेकपा माओवादीका दुई सभासदले राष्ट्रपति निर्वाचनमा भाग नलिएका हुन् । सत्तारुढ गठबन्धनका उम्मेदवार तथा नेकपा एमालेका उपाध्यक्ष विद्या भण्डारीको पक्षमा देखिएका दुई सभासदले भोट नहालेको खुलेको हो ।
यसअघि सत्तारुढ गठबन्धनले सबै सभासदलाई संसद भवनमा बोलाएर विद्या भण्डारीलाई अनिवार्य भोट हाल्न ह्वीप जारी गरेको थियो । तर, एमाओवादीका दुई सांसद भक्तिप्रसाद पाण्डे र सुरेन्द्रप्रसाद जैसवाल मतदान प्रक्रियामै सहभागी नभएका हुन् ।
एमाओवादी प्रवक्ता दिनानाथ शर्माले सांसद भक्तिप्रसाद पाण्डे विरामी अवस्थामा उपचारका लागि भारतमा रहेकाले मतदानमा उपस्थित हुन नसकेको बताए । तर, सांसद जैसवालले भने काठमाडौंमै हुँदाहुँदै निर्वाचन बहिस्कार गरेको पाइएको हो । प्रवक्ता शर्माले पार्टीले जैसवाललाई स्पष्टिकरण सोध्ने जानकारी दिए ।
एमाओवादीकै सांसदले भोट नहालेपछि सत्तारुढ गठबन्धनमा विवाद सुरु हुने निश्चित छ । राष्ट्रपति निर्वाचनको परिणाम अपराह्न पाँच बजे घोषणा गरिँदैछ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget