विद्या राष्ट्रपति बन्नै लाग्दा ओली सरकारलाई सरिताको डरलाग्दो चुनौती !!!

सरिता गिरीको सरकारलाई चुनौती – समाधान दे नत्र युद्धको घोषणा गर !




११ कात्तिक, काठमाडौं ।

केही समय अघि मात्र सदभावना पार्टी परित्याग गरेकी मधेशी नेतृ सरिता गिरीले मधेश समस्या समाधान गर्न नसके युद्धको घोषणा गर्न चुनौती दिएकी छिन् ।

मधेश आन्दोलनका कारण मधेशी जनता चरम प्रताडनमा परेको भन्दै सम्झौता गर्न वा युद्धको अवस्था घोषणा गर्न सुझाव उनले दिएकी हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टेटस लेख्दै सरिता गिरीले समाधान गर्न नसक्ने सरकारले युद्धको घोषणा गर्नु राम्रो हुने बताएकी हुन् ।



उनले भनेकी छिन्, ‘आम जनताको सामान्य जीवनको सुरक्षा पनि सरकारको प्राथमिक दायित्व हो । मधेशी लाई यस देशको जनता न माने पनि सम्पूर्ण देशकोजनताको आम जीवन सुचारु र सहज बनाउनका लागि पनि सरकारले मधेशका आंदोलनकारी हरु संग वार्ता र समझौता गर्न अपरिहार्य भईसकेको छ । होई न भने सरकारले घोषणा गर्नु पर्यो की मुलुक युद्धमा गई सकेको छ ’ ।

सरिता गिरीले पार्टी प्रधानमन्त्रीय निर्वाचनमा सहभागी भएपछि पार्टी परित्याग गरेको घोषणा गरेकी हुन् ।

केही समय अघि मात्र सरिता गिरीले विद्या भण्डारी राष्ट्रपति बन्न योग्य महिला नभएको बताएर विवादमा परेकी थिइन् ।

सरिता गिरीले भनिन्- विद्या भण्डारीलाई राष्ट्रपति बनाउनु हुँदैन

विद्या भण्डारी राष्ट्रपति बन्न लागेकै दिन सरिता गिरीले सरकारलाई यस्तो चुनौती दिएकी हुन् ।


nepaliheadlines
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget