२६ तारिखकै दिन किन आउँछ भूकम्प ? बन्यो एक नयाँ रहस्य

काठमाडौं, ११ कात्तिक । नेपालमा वैशाख १२ गते गएको भूकम्पको अंग्रेजी तारिख २६ अप्रिल थियो । सोमबार मात्रै अफगानिस्तानको हिन्दकुशमा गएको भूकम्पको अंग्रेजी तारिख पनि २६ अक्टुबर थियो मात्र महिना फरक ।


विभिन्न तथ्यांक अनुसार पृथ्वीमा शक्तिशाली भूकम्पहरु २६ तारिखकै दिन बढी जाने गरेको देखिएको छ । आखिर २६ तारिखकै दिन किन जान्छ त ठूलो भूकम्प ? यसको जवाफ वैज्ञानिकहरुले समेत दिन सकेका छैनन् । उनीहरुले संयोग मात्रै हो भन्ने गरेका छन् ।

यसलाई संयोग वा अरु कुनै तथ्य मानेपनि विश्वभरीमा ठूल्ठूला विनाशकारी भूकम्प २६ तारिख कै दिन आउने गरेका हुन् ।

तथ्यांक हेर्दा चीनमा २६ जुलाई १९७६, गुजरातमा २६ जनवरी २०११ र हिन्द महासागरमा २६ डिसेम्बर २००४मा भूकम्प सँगसँगै सुनामी पनि आएको थियो । जसले जनधनको क्षति गरेको थियो । ताइवानमा २६ जुलाई २०१० र जापानमा २६ फ्रेबरी २०१०मा आएको भूकम्पले सयौंको ज्यान लिएको थियो ।

भूकम्पको इतिहास हेर्ने हो भने २६ जून १९२६ मा रोड्स भूकम्प आएको थियो जबकि २६ जनवरी १७०० मा उत्तरी अमेरिकामा आएको भूकम्पमा पनि सयौं मानिस मारिएका थिए । वैज्ञानिकहरुले जे सुकै भनेपछि अंग्रेजी पात्रोको २६ तारिखलाई मानिसहरुले भूकम्प आउने दिनको रुपमा चिन्न थालेका छन् । २६ तारिखले एउटा नयाँ इतिहास रचेको बताइएको छ । २६ तारिखकै कारण आजभोली आम मानिसहरुले सावधानी अपनाउने गरेका छन् ।
Labels:

Post a Comment

tara nepal maa gako bhuichalo ta 25 april theyo kun chai hawa ko kura suncaun cha
calendar hernu jane ko chaina ki k

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget