विराटनगरमा बन्दकर्तालाई व्‍यापारीले लखेटे

|
२०७२ कार्तिक ११ बुधवार

मोरङ: दसैंपछि बजार पसल बन्‍द गराउँदै हिडेका मधेसी मोर्चाका सयौ बन्दकर्तालाई विराटनगरमा व्‍यापारीहरुले प्रतिकार गरेर लखेटेका छन्। विराटरनगरस्थित जलजला मोडदेखि ट्राफिकचोकसम्‍म बजार पसल बन्द गराउँदै हिँडेका मोर्चाका कार्यकर्ताहरुलाई व्‍यापारीहरुले लखेटेका हुन्।

व्‍यापारी र बन्दकर्ताबीच झडप भएपछि तत्‍कालै प्रहरी आएर बन्दकर्तालाई महावीर चोकमा पुर्‍याएर तितरबितर पारेका छन्। प्रहरीले बन्द गराउँदै हिड्ने मधेसी जनअधिकार फोरम मोरङका अध्‍यक्ष राजकुमार यादव, तमलोपा मोरङका अध्‍यक्ष मोहमद कवीरलाई प्रकाउ गरेका छन्।


प्रहरी र व्‍यापारीले लखेटेपछि महावीर चोकमा धर्नामा बस्न खोजेका  मोरचाका कार्यकर्तालाई प्रहरीले त्‍यहाबाट पनि तितरबितर पारेका छन्। यसरी विराटनगरस्थित जोगबनी नाकाबाट बुधबार एउटा पनि मालबाहक तथा पेट्रोलियम ट्‍यांकरहरु भित्रिएका छैनन्।

यता, विराटनगर भन्सार कार्यालयले यसअघि आएका गाडीहरुलाई भने भन्‍सारको यार्डबाटै धमाधम खाली गराइरहेका छन्। annapurnapost
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget