कात्तिक, काठमाडौं । प्रहरीले कालोबजारीका ल्याएको भन्दै १९ सय लिटर पेट्रोलसहित ७ जनाललाई पक्राउ गरेको छ ।
बुढाथोकीको घर अगाडी टिनको टहरोमा लुकाई रहेको अवस्थामा १७१० लिटर पेट्रोल र बा १ ज ६९६८ नम्बरको ट्याक्सीभित्र जर्किनमा १९० लिटरसहित जम्मा १९०० लिटर पेट्रोल भेटिएको छ ।
प्रहरीले कपिल बुढाथोकीसँगै पर्सा निर्मलबस्ती ६ का हरिप्रसाद तिमिल्सिना, टंकप्रसाद तिमिल्सिना, घनश्याम रिसाल, तोकबहादुर पाख्रिन, रत्न बहादुर श्रेष्ठ र सिन्धुपाल्चोक तौथली ५ का गंगाकुमार श्रेष्ठलाई पक्राउ गरेको छ ।
उनीहरुलाई कालोबजारी ऐन अन्तर्गत कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको अपराध महाशाखाले जनाएको छ ।onlinekhabar
Post a Comment