यो सरकार १५ दिन पनि टिक्दैन : कर्ण

१० कात्तिक, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता तथा सदभावना सहअध्यक्ष लक्षमणलाल कर्णले केपी ओली नेतृत्वको सरकार १५ दिन पनि नटिक्ने बताएका छन् । सरकारलाई घुँडा नटेकाई आन्दोलन नरोकिने उनले स्पष्ट पारे ।
मंगलबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा उनले भने, ‘यस्तै अवस्था रहे हेर्दै जानुस् आगामी पन्ध्र दिनसम्म यो सरकार टिक्दैन ।’
प्रधानमन्त्री निर्वाचनमा भाग लिएको मोर्चाले राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचनमा भने भाग नलिने कर्णले जानकारी गराए । ‘राष्ट्रपति पदमा हाम्रो उम्मेदवार छैन, अहिलेसम्म हामीलाई कसैले वास्ता पनि गरेको छैन त्यसैले सहभागि हुँदैनौं,’ उनले भने ।
मधेस विरुद्ध अभिव्यक्ति दिएकाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई हराउने उद्देश्यले प्रधानमन्त्री निर्वाचनमा भाग लिए पनि आफूहरु असफल भएको उनले बताए । ‘केपी ओलीको ठाँउमा अरु उम्मेदवार भएको भए नजान पनि सक्थ्यौ,’ उनले भने, ‘ओलीजी हारेको भए मधेसीहरुको मनको पीडा पनि कम हुन्थ्यो । सबक सिकाउन गएका थियौ तर सकेनौं ।’
कर्णले मुलुकमा आपूर्ति ब्यवस्था सहज बनाउने, शान्ति सुरक्षा कायम गर्ने दायित्व सरकारको भएपनि यसमा सरकार पूर्ण रुपमा असफल भएको भन्दै यस्तो अवस्थामा कि आन्दोलनका माग संबोधन कि सत्ता छाड्नु पर्ने धारणा राखे । अनलाइन खबर बाट ।purbelinews
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget