साइरन बत्तीसहितको भारतीय जीप गण्डकसम्म पगेपछि पर्सा प्रहरीले चेकजाँच गर्दा गाडीबाट १ थान एके ४७ र त्यसमा प्रयोग हुने ३० राउण्ड गोली बरामद प्रजिअ घिमिरेले जनाए। नेपाल प्रवेश गर्दा भारतीय सुरक्षाकर्मीले बर्दी र आफूसँग भएको हतियार भारतमै राखेर आउनु पर्ने भएपनि उनीहरुले बर्दी र हतियारसहित नेपाल प्रवेश गरेको प्रजिअ घिमिरेले बताए।
५ जना बर्दीधारी प्रहरीसहित भारतीय गाडीमा रहेका भारतीय सुरक्षाकर्मी मध्य एक अरबिन्द प्रसाद वरकडे भारत मध्यप्रदेशका एसपी समेत रहेका प्रजिअ घिमिरेले बताए। मध्य प्रदेश रिवा जिल्ला ‘स्पेशल आर्म फोर्स’ ९ औँ बटालियनका एसपी अरबिन्द प्रसाद वरकडेसँग नेपाली सुरक्षाकर्मीले पुछताछ गर्दा वरकडेले पशुपतिनाथको दर्शन गर्न जान लागेको र आफुहरु नेपालमा प्रवेश गरेको थाहा नभएको प्रतिक्रिया दिएको प्रजिअ घिमिरेले जनाए।
। छिमेकी भारतको विहार राज्यको जारी विधानसभा निर्वाचनका लागि मध्यप्रदेशबाट वरकडेको टोलीलाई थप मद्दतका लागि पूर्वी चम्पारणको बेतियामा खटाइएको भारतीय प्रहरीले जनाएका थिए। हतियार र बर्दीसहित नेपाली भूमिमा प्रवेश निषेध रहेको र तपाईहरुलाई काठमाडौँको पशुपतिनाथ दर्शन गर्न जानु छ भने हतियार र बर्दी नेपाल प्रहरीको जिम्मा लगाउनुस भन्दा उनीहरु फेरि भारततिर फर्केको प्रजिअ घिमिरेले बताए।
। दुवै देशका प्रहरी एक अर्काको देशमा प्रवेश गर्दा बोकेको हतियार आफ्नै मुलुकको सीमा प्रहरी चौकीमा बुझाएर जाने परम्परा छ । औपचारिक कार्यक्रम बाहेक बर्दीमासमेत बिना जानकारी अर्को देशमा जान मिल्दैन् । तर भारतीय सुरक्षाकर्मीहरु नाकामा भइरहेको आन्दोलनकै कारणले हतियार र बर्दीसहित नेपालको ६ किलोमिटरसम्म पुगेको पर्सा प्रहरीले जनाएको छ।
नेपाल र भारतको सिमानामा पर्ने मितेरी पुलमा विगत १ महिनादेखि जारी मधेसी मोर्चाको धर्नाका कारण हलुका सवारी साधन र साइकल बाहेकका अन्य सवारी साधनहरुलाई मोर्चाको कार्यकर्ताहरुले चलन नदिए पनि भारतीय सुरक्षाकर्मीहरुको गाडीलाई भने प्रवेश दिएपछि सुरक्षा चुनौति थपिएको प्रहरीले जनाएको छ ।ekhabar
Post a Comment