सुत्केरी बचाउन ६ लाख ३० हजारमा हेलिकोप्टर चार्टर

मुगु : सदरमुकामदेखि दुई दिन टाढाको मुगु गाविस निवासी पाँच दिनअघि सुत्केरी भएर साल नझरेकी एक महिलाको ज्यान बचाउन ६ लाख ३० हजारमा हेलिकोप्टर चार्टर गरी काठमाडाँै लगिएको छ ।

पाँच दिनअघि छोरी जन्माएकी मुगु गाविस–६ निवासी ३१ वर्षीया छोर्तेन साग्बु  तामाङको साल पाँच दिनसम्म नझरेपछि ज्यान जोगाउन गाँउलेसग ६ लाख ३० हजार ऋण गरेर हेलिकोप्टर चार्टर गरि उपचारका लागि काठमाडौँ लगिएको हो ।

घरमा एक वर्षको छोरा रहेका छोर्तेनका श्रीमान व्यापार गर्न दई महिनादेखि पोखरमा रहेका छन् । उनका जेठाजु र अरु परिवार जिल्ला सदरमुकाम गमगढीमा बस्छन् ।


पाँच दिनअघि छोरी जन्माएकी उनको शरीरबाट साल नझरी रक्तश्राव हुन थालेपछि गाँउलेसँग ऋण गरेर हेलिकोप्टर चार्टर काठमाडौं पठाइएको सदरमुकाम गमगढी बस्दै आएका उनका जेठाजु कार्मा तामङ्गले बताए ।

‘गाँउ नजिकैको स्वास्थ्य चौकीमा कहिल्यै स्वास्थ्यकर्मी बस्दैनन् । सामान्य बिरामी लाई उपचार गर्न आम्जीको भर पर्नुपर्छ’, गाउँले उर्गिन तामाङले भने, ‘टाउको दुख्दा सिटामोल पनि पाइँदैन । जिल्ला अस्पताल आउन दुई दिन लाग्छ, त्यसैले सुत्केरीको ज्यान बचाउन लाखौं खर्चेर काठमाडौं पठाइएको हो ।’

यति धेरै रकम खर्चेर यो वर्ष मात्रै गाविसका पाँचजना महिलालाई हेलिकोप्टर चार्टर गरी काठमाडौं लगिएको छ ।

अन्य क्षेत्रका गर्भवती महिलाले स्वास्थ्य संस्थामा समयमै चेकजाँच र आइरन चक्की पाँउछन् । तर यो क्षेत्रका पाँच मुगु, डोल्पु, किम्री र पुलु गाविसका महिलाले भने गर्भवती चेकजाँच गर्न त परै जाओस् स्वास्थ्यकर्मीको मुखै देख्न पाउँदैनन् ।

त्यहीकारण यो क्षेत्रका धेरै गर्भवती महिलाले बेलैमै उपचार नपाई अकालमै ज्यान गुमाउनुपरेको छ । केही महिलालाई भने लाखौं खर्चेर उपचारकालागि काठमाडौं र नेपालगञ्ज पठाउने गरिएको छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget