भारतको एकाधिकार तोडिने गरी चीनसँग पेट्रोलियम पदार्थ आयात गर्ने सम्झौता हुने
चीनले भारतको भन्दा उच्च गुणस्तरको पेट्रोल दिने, माइलेज धेरै, आयु बढी
मोटरसाइकलमाथि आन्दोलनकारीको निसाना!
इन्धन अभावमा मानवीय सहायताका काम प्रभावित
सीमावर्ती क्षेत्रमा बढ्दै पेट्रोलको कालोबजारी
इन्धन अभावले केयुका कक्षा मंसिरमा मात्रै सञ्चालन हुने
चीनबाट तेल ल्याउन ट्याङ्कर तयारी अवस्थामा, १०० ट्याङ्कर स्टायन्ड बाई
सविन मिश्र/पहिलोपोस्ट -
काठमाडौं : सरकारले भारतको इन्डियन आयल कर्पोरेसन (आइओसी)सँगको एकाधिकार तोडिने गरी दीर्घकालीन रुपमा नै चीनबाट पेट्रोलियम पदार्थ आयात गर्ने गरी पेट्रोलियम सम्झौता गर्ने भएको छ। चीनका लागि नेपाली राजदूत महेशमान मास्केको नेतृत्वमा आइतबार राति चीन जान लागेको सरकारी टोलीले दीर्घकालीन सम्झौता गर्न लागेको हो।
'तत्कालका लागि हामीलाई समस्या परेकाले चीन सरकारसँग पेट्रोलियम पदार्थ आपूर्तिका लागि अनुरोध गरेका हौं, अब चीनबाट नै दीर्घकालीन रुपमा पेट्रोलियम पदार्थ आपूर्ति गर्ने गरी सम्झौता हुन्छ,' चीनका लागि नेपाली राजदूत महेश मास्केले पहिलोपोस्टसँग भने, 'नेपाल सरकारको तर्फबाट तयारी भइरहेको छ, सकेसम्म आइतबार राति नै हामी चीन जानेछौं र सोमबार छलफल हुनेछ।'
चीनसँग पेट्रोलियम पदार्थ खरीद गर्ने दीर्घकालीन सम्झौता भए भारतीय आयल कर्पोरेसनसँगको एकाधिकार पनि तोडिनेछ । ४० वर्षदेखि नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनसँग मात्रै पेट्रोलियम पदार्थ खरीद गर्दै आएको छ।
चीनले दिए जति पेट्रोलियम पदार्थ नेपाल भित्र्याउने गरी तयारी भइरहेको पनि मास्केले जानकारी दिए।
'नेपाललाई संकट परेको बेला उहाँहरुलाई अनुरोध गरिएको छ, भविष्यमा पनि चीनबाट नै कति ल्याउन सकिन्छ भनेर हामीले छलफल गर्छौं,' उनले भने, 'अहिले अप्ठेरो पर्दा माग्ने र भविष्यमा उनीहरुले दिने बेलामा लिन सक्दैनौं भन्ने अवस्था आउनु त भएन नि।'
चीनबाट नेपालमा पेट्रोलियम पदार्थ भित्र्याउने बाटो अप्ठेरो भए पनि अहिले त्यसैबाट ल्याइने र भविष्यमा बाटो बनाउँदै जाने पनि उनले बताए। 'अहिले जस्तो बाटो छ त्यसैबाट चीनले सहयोगस्वरुप दिने तेल र भविष्यमा थप तेल ल्याउछौं,' उनले भने, 'धेरै आयात हुने भएपछि आयात लगानीकर्ताले पनि लागत कम गर्ने उपाय बारे त सोच्नु पर्छ।'
नेपाली टोलीले चीनले नेपालमा आपूर्ति गराउने पेट्रोलियम पदार्थको मात्राको विषयमा पनि छलफल गर्नेछ। यो टोलीले चीनले तत्काल कति दिने र भविष्यमा नेपालको आवस्यकताको कति प्रतिशत पेट्रोलियम पदार्थ दिने विषय पनि टुंग्याउने उनले बताए।
टोलीले पेट्रोलियम पदार्थको मूल्यको विषयमा पनि चिनियाँ अधिकारीहरुसँग छलफल गर्नेछ। दुई पक्षबीचको छलफलपछि मात्रै चीनबाट नेपालमा ल्याउँदा पेट्रोलियम पदार्थको मूल्य कति पर्छ भन्ने टुंगो लाग्नेछ।
मास्केको नेतृत्वमा परराष्ट्र मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल आयल निगमका सहसचिव तहका अधिकारीहरु चीन जानेछन्। उनीहरुले सोमबार बिहानैबाट चिनियाँ पक्षसँग छलफल थाल्ने र छिट्टै टुंगोमा पुर्याउने मास्केले बताए।
यो टोलीसँगको सम्झौतापछि चीनले नेपाललाई सहयोगस्वरुप पठाउने पेट्रोलियम पदार्थ कहिले भित्रने भन्ने पनि टुंगो लाग्नेछ।
चीनले नेपाललाई सहयोग स्वरुप १० लाख लिटर पेट्रोलियम पदार्थ दिँदैछ भने नेपाल आयल निगमले पनि एकसय वटा ट्यांकर तयारी अवस्थामा राखिसकेको छ ।
भारतको नाकाबन्दी पछि सरकारले विकल्पमा चीनबाट पेट्रोलियम पदार्थ ल्याउने निर्णय गरेको थियो।
Post a Comment