सुमात्रा टापूको आगो नियन्त्रणमा आएन, अहिलेसम्म १७ को मृत्यु

 सुमात्रा टापूको आगो नियन्त्रणमा आएन, अहिलेसम्म १७ को मृत्यु
जकार्ता, ८ कात्तिक । इन्डोनेसियाको सुमात्रा र बोर्नाेमा टापूमा लागेको आगो अझै पनि नियन्त्रणमा आएको छैन । सो आगलागी अर्काे टापूतर्फ पनि सरेको समाचारमा जनाइएको छ ।  गत महिनादेखि ती दुई टापूका जङ्गलमा आगलागी भइरहेको छ । सरकारले त्यसको नियन्त्रणका कैयौँ उपाय अबलम्बन गरेको भएपनि आगो निभाउन निकै कठिन भएको अधिरकारीहरुले जनाएका छन् ।
इन्डोनेसियाको राष्ट्रिय विपत व्यवस्थापन केन्द्रका प्रवक्ता सुतोपो पुर्वाे नगरोले सो आगो अहिले नै निभ्ने अवस्थामा नरहेको जानकारी शनिबार दिनुभयो ।  उहाँले भन्नुभयो– यो महिनाको अन्त्यसम्म पनि आगो निभ्ने लक्षण देखिँदैन, दिन प्रति दिन नयाँनयाँ स्थानमा झन सर्दै गएको छ ।
उहाँले सो आगलागीका कारण अहिलेसम्म १७ जनाको ज्यान गइसकेको पनि जानकारी दिनुभयो । आगो निभाउने प्रयत्न गर्ने अरु कैयौँ कर्मचारी र स्थानीय जलेर घाइते भएका छन् ।  हालैमात्र भू–उपग्रहबाट लिइएको एक तस्बिरमा सो आगो इन्डोनेसियाको पूर्वी भागमा पर्ने सुलावती टापूतर्फ फैलिएको देखिएको अधिकारीहरूले जनाएका छन् ।
उनीहरूका अनुसार देशको पश्चिमी भूभागमा रहेका ती दुई टापूमा लागेको आगोले निकै ठूलो क्षति पु¥याएको छ ।
इन्डोनेसियाको विपत व्यवस्थापन समितिले दिएको जानकारीअनुसार सरकारले कैयौँ प्रयास गर्दा पनि त्यस क्षेत्रबाट आगो निभाउन सकिरहेको छैन । यसका लागि कम्तीमा पनि ३२ वटा जहाजका साथै सयौँ सैनिक खटाइएको छ । तर हप्तादिनभन्दा लामो समयदेखि जारी रहेको सो आगलागी नियन्त्रणमा आउन सकिरहेको छैन ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget