नेपालका बारेमा चीनले भारतसँग वार्ता गर्ने

काठमाडौं, कार्तिक १२ । चीनले भारतद्वारा नेपालमाथि लगाउँदै आएको अघोषित नाकाबन्दीका बारेमा भारतसँग छलफल गर्ने भएको छ । नेपाललाई पेट्रोलियम पदार्थ उपलब्ध गराउनेबारेमा सम्झौता गरेको चीनले नेपाल र भारतबीचको सम्बन्धमा सुधार ल्याउन भारतसँग वार्ता गर्ने चासो देखाएको हो ।
चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता लु काङ्गले नेपाल र भारत चीनका छिमेकी मुलुक भएको प्रष्ट पार्दै क्षेत्रीय स्थिरताका लागि नेपाल र भारतबीचको सम्बन्धमा चीनको चासो रहेको जनाएका हुन् ।
बुधबार बेइजिङमा नियमित पत्रकार भेटघाट कार्यक्रममा उनले भने, ‘हामी क्षेत्रीय स्थिरताका पक्षमा छौं र देशहरुबीच मैत्रीपूर्ण सम्बन्धका लागि सम्बन्धित देशहरुसँग वार्तामा बस्त र मित्रवत छलफल गर्न तयार छौं ताकि आम सहमतिमा पुग्न सकियोस् ।’
उनले भने, ‘चीन र नेपालबीच मित्रवत सम्बन्ध रहँदै आएको छ । नेपालका लागि एक छिमेकी राष्ट्रका रुपमा हामी आशावादी छौं कि नयाँ संविधान जारी भएसँगै जतिसक्दो चाँडो नेपालमा स्थिरता वहाल हुनेछ र नेपालले विकासका लागि एक उज्जवल संभावनाको सुरुवात गर्नेछ ।’
नेपाली पक्षको अनुरोधका आधारमा चीनले आफ्नो क्षमताअनुसार नेपाललाई सहयोग उपलब्ध गराउने प्रष्ट पार्दै उनले इन्धन आपूर्तिका बारेमा दुबै पक्षबीच छलफल भइरहेको जनाए ।imagekhabar

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget