हतियारसहित नेपाल प्रवेश गरेर भारतीय प्रहरीको दादागिरी

वीरगन्ज । रक्सौल नाका भएर भारतीय प्रहरीका एसपीसहित ५ जनाको टोली दुई दिन अघि हतियारसहित नेपाल प्रवेश गरेको खुलेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ – मधेसवादी दलले वीरगन्ज रक्सौल नाकाबीचको मितेरी पुलमा सवारी साधन आवागमन ठप्प पारे पनि ती प्रहरी साइरनसहितको भारतीय जीपमा त्यहीँबाटै नेपाल प्रवेश गरेका थिए ।

भारतीय प्रहरीले गत शुक्रबार साँझ ७ बजे एमपी ओ३ए १९१५ नम्बरको गाडीमा वीरगन्ज भन्सार, रजतजयन्ती चोक बाइपास सडक हुँदै अन्तर्राष्ट्रिय नाकाबाट करिब १५ किलोमिटरभित्र परवानीपुरसम्म पुगेका थिए । त्यहाँ तैनाथ पर्सा प्रहरीले गाडीबाट एकथान एके ४७ र त्यसमा प्रयोग हुने ३० राउन्ड गोली बरामद गरेको स्रोतले बतायो । ‘४ जना बर्दीधारी प्रहरीसहित गाडीमा ५ जना थिए ।’ स्रोतले भन्यो, ‘सिभिल ड्रेसमा रहेका एक व्यक्तिले आफू एसपी रहेको परिचय खुलाए ।’

भारतीय प्रहरी नेपाल प्रवेश गरेपछि नेपाल प्रहरीले हतियार र बर्दीसहित प्रवेश गर्नु गैरकानुनी भएको बताएको थियो । अन्जानवस भएको भन्दै सो टोलीले पशुपति दर्शनका लागि हिडेको बताएका थिए । तर, हतियार बर्दी त्यही राखी जान भनेपछि उनीहरु आफ्नैदेशतिर फर्किएका थिए । राती नेपाल प्रहरीले स्कर्टिङ गरी उनीहरुलाई सीमाबाट कटाएको थियो ।khabardabali

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget