नेपालले चीनसँग इन्धन आपुर्ति सम्झौता गरेपछि भारतीय मिडियामा रुन्चे प्रतिक्रिया

१२ कात्तिक, काठमाडौं ।

नेपाल र चीनवीच इन्धन खरीदविक्रीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । भारतको नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको संकट चुलिएका बेला चीनसँग खरीद सम्झौता हुनुले इन्धनमा इण्डियन आयल कर्पोरेशनको एकाधिकार तोडिएको छ ।

विद्या भण्डारी राष्ट्रपति बन्दा विश्वभरी मिडियामा हेडलाइन (फोटो फिचर)

चीनबाट इन्धन खरीदका लागि वार्ता गर्न गएको नेपाली टोली र त्यहाँको सरकारी टोलीबीच समझदारीपत्र एमओयुमा हस्ताक्षर भएपछि भरतीय मिडियामा तिव्र प्रतिक्रिया देखिएको छ । नेपालले भारतसँगको ४० वर्षे सम्बन्ध तोड्दै चीनसँग सम्झौता गरेको समाचारले सञ्चार माध्यममा प्रधानता पाएका छन् ।


चीनबाट नेपालमा पेट्रोल, डिजेल र अन्य पेट्रोलियम पदार्थ आयातका लागि नेपाल आयल निगम र चाइना नेशनल युनाइटेड आयल कर्पोरेशन–पेट्रो चाइनावीच समझदारीपत्रमा हस्ताक्षर भएपछि चीनले नेपालको इन्धन आपुर्तिमा भारतसँगको एकाधिकार तोडेको भन्दै भारतीय मिडियामा हेडलाइन बनेका छन् ।nepaliheadline

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget