नेताहरुमा ‘नाकाबन्दी’ भन्ने हिम्मत किन छैन ?

नयाँदिल्ली, ८ कात्तिक– एक महिनायता भारतले ‘अघोषित’ रूपमा लगाँउदै आएको नाकाबन्दीबारे विज्ञ र विषयका जानकारले किन खुलेर भन्न नसकेका हुन् ? दिल्लीस्थित राजदूत दीपकुमार उपाध्याय स्वयम पनि ‘यसलाई खराब सपना भनौं, त्यही भनेरै सपनाबाट ब्युँझौं’ भन्दै नाकाबन्दी शब्दको उच्चारण गर्न रुचाउँदैनन् ।
राजदूत उपाध्याय मात्र होइन, हिजोसम्म सरकारमा रहेका अर्थमन्त्री रामशरण महत र शिक्षामन्त्री चित्रलेखा यादव पनि ‘संयमित हुँदै’ डायसमा बसेका छन् र चर्को स्वरमा अरू शीर्षकमा मन्तव्य राखे पनि ‘नाकाबन्दी’का बारेमा धेरै तिख्खर बन्न चाहदैनन् । ‘यो नाकाबन्दी हो, होइन थाहा भएन । तर नेपाली जनताले अर्ध–नाकाबन्दी बेहोरिरहेको यथार्थ  हो,’ दिल्लीमा आयोजित एक विशिष्ट भेलामा उपस्थित डा.महतले भने ।
उनले राजनीति र अर्थ–व्यापार (पारवहन) दुई अलग विषय भए पनि भारतले नेपालको आन्तरिक राजनीतिक मामलामा प्रभाव राख्ने गरी सहज पारवहनको संयन्त्रलाई उपयोग गर्नु गलत रणनीति भएको टिप्पणी गरेका थिए ।
कान्तिपुर दैनिकबाटkathmandutoday
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget