कार्तिक १०, २०७२- एमाले वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले सांसद राज्यलक्ष्मी गोल्छाले पैसा लिएको भनी लगाएको आरोप झुटो भएको दाबी गरेका छन् ।
उनले गोल्छालाई आफूले अहिलेसम्म नभेटेको दाबी गरे । ‘गोल्छासँग प्रत्यक्ष भेट भएको छैन, उनीसँग एक पैसा लिएको पनि छैन’, खनालद्वारा जारी विज्ञप्तीमा भनिएको छ,‘गोल्छाले पार्टीलाई दिएको ठूलो रकमको सत्यतथ्य छानबिन गर्नसमेत माग गर्दछु ।’ एमालेबाट समानुपातिक कोटामा सांसद चुनिएका गोल्छाले शनिबार कान्तिपुरसँगको अन्तर्वार्तामा एमालेलाई आफूले ७ करोड बढी सहयोग गरेको दाबी गरेकी थिइन् । उनले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै सोही कुरा दोहोर्याएकी थिइन ।
Post a Comment