update: भोलि शुक्रबारबाट खाना पकाउने ग्यास बजारमा उपलब्ध हुने

२०७२ कार्तिक १२ गते ७:१५
काठमाडौं, १२ कात्तिक । उद्योगीले शुक्रबारबाट आधा ७.१ किलोग्राम ग्यास भरिएका सिलिन्डर बजारमा उपलब्ध गराउने भएका छन् ।
तराईका उद्योगले ल्याएका ४० भन्दा बढी बुलेटमध्ये करिब २५ बुलेट काठमाडौंमा ल्याई यहाँका उपभोक्तालाई आधा ग्यास भरिएका सिलिन्डर उपलब्ध गराउने एलपी ग्यास उद्योग संघले जनाएको नयाँ पत्रिका दैनिकले छापेको छ ।
सरकारले सिलिन्डरमा आधा ग्यास भरेर बिक्री गर्न उद्योगीरबिक्रेतालाई स्वीकृति दिएपछि व्यवसायीले यस्तो तयारी थालेको छ ।
भारतको नाकाबन्दीका कारण ग्यास अभाव भएपछि १४.२ केजी क्षमताको सिलिन्डरमा आधा मात्रै भरेर बिक्री गर्न सरकारले स्वीकृति दिएको हो ।
एउटा सिलिन्डरमा आधा ग्यास भर्दा धेरै उपभोक्तालाई पुर्‍याउन सकिने उद्योगीको भनाइ छ ।dainiknepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget