सो तेल कहिले र कसरी नेपाल ल्याउने भन्नेबारे बुधबार नेपालस्थित चिनियाँ दूतातावासमा छलफल भएको थियो । दूतावासले अनुदानमध्येको सय टन (एक लाख लिटर) पेट्रोल लिन चीनको केरुङमा ट्यांकर पुर्याउन आग्रह गरेको छ । सिएनपिसीले ल्हासासम्म पाइपलाइनबाट र त्यहाँबाट सिगात्सेसम्म ट्रेनमा हालेर नेपालका लागि पेट्रोल ल्याइदिनेछ ।
सिगात्सेबाट केरुङसम्म चिनियाँ ट्यांकरले तेल ल्याउनेछन् । केरुङमा चिनियाँ ट्यांकरबाट पम्पिङ गरी नेपाली ट्यांकरमा सोझै तेल खसालिने निगमका प्रवक्ता दीपक बरालले बताए। चीनबाट तेल ओसार्न आयल निगमले १२ हजार लिटर क्षमताका ६० वटा ट्यांकर तयारी अवस्थामा राखेको निगमको थानकोट डिपो प्रमुख रविनकुमार शर्माले जानकारी दिए । ‘केरुङ–रसुवागढी नाका हुँदै चीनबाट पेट्रोल ल्याउन ४० ट्यांकर यसअघि नै तयार गरिसकेका थियौँ । बुधबार २० वटा ट्यांकर थप गरेका छौँ,’ शर्माले नयाँ पत्रिकासँग भने, ‘चीनले भन्नासाथ ती ट्यांकर केरुङ पठाउन सक्छौँ ।’ नयाँ पत्रिकामा खबरratopati
Post a Comment