काठमाण्डु, १८ असोज– झण्डै एक साता नेपालमा चलखेल गरेर दिल्ली पुगेका भारतीय गुप्तचर संस्था ‘रअ’ का पूर्वअधिकारी एबी माथुर प्रधानमन्त्री नरेन्द्र मोदीको दूतका रुपमा फेरि काठमाण्डु आएका छन् ।
Modi 123
नेपालको राजनीतिक अवस्थाबारे प्रधानमन्त्री मोदी, गृहमन्त्री राजनाथ सिंह र विदेशमन्त्री सुष्मा स्वराजलाई ‘ब्रिफिङ’ गरेर पुनः नेपाल फर्केका हुन् ।
उच्च स्रोतका अनुसार मोदीसहित भारतीय अधिकारीले अबको प्रधानमन्त्री एमाले अध्यक्ष केपी ओलीलाई हुन नदिने ‘टास्क’ सुम्मिएर माथुरलाई दोश्रोपटक नेपाल पठाएका हुन् ।
बहुमतीय प्रधानमन्त्री चयन नहुँदासम्म माथुर काठमाण्डुमा डेरा जमाएर बस्नेछन् । माथुर काठमाण्डुमा रहेकोबारे कमै मात्र राजनीतिक नेतृत्व र सुरक्षा अधिकारी जानकारी छन् ।
नेपालको जासुसी संयन्त्रले समेत माथुर नेपाल आएको दुई दिनपछि मात्र चाल पाएको थिथो । राजधानीको एक पाँच तारे होटलमा बसेर राजनीतिक चलखेल गरिरहेका छन् ।
माथुरले प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादी अध्यक्ष प्रचण्ड, काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, हालै एमाओवादी छाडेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई तथा मधेसवादी नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव र विजयकुमार गच्छदारलाई बारम्बार भेट्ने गरेका छन् ।
अघिल्लो पटकको बेनाप बसाइमा माथुरले सबै नेतालाई प्रधानमन्त्री बनाइदिने भन्दै लोभ्याउन खोजेका थिए ।
तर शेरबहादुर देउवाबाहेक दिल्लीको ‘फुटाऊ र राज गरको चालबाजी’ बुझेका नेताहरु कोही पनि उनको झुठो आश्वासनका पछि लागेनन् ।
यो पटक भने उनी मधेस मुद्धालाई दिल्लीको चाहनाअनुसार सम्बोधन गराउने र आफू अनुकुलको प्रधानमन्त्री नियुक्ति गराउन प्रयासरत छन् । कतिपय नेतासँग उनले केपी ओलीलाई कुनै हालतमा प्रधानमन्त्री बन्न नदिने प्रष्ट बताउन थालेका छन् ।
Post a Comment