–बेलहियामा प्रहरी र प्रदर्शनकारीबीच यसरी भयो झडप (फोटो फिचर

 रुपन्देहीमा पर्ने नेपाल–भारतको सीमा बेलहियामा मधेशी मोर्चा तथा प्रहरीवीच सोमवार पनि झडप भएको छ । झडमा परि नेपाल प्रहरीका डिएसपी सहित ८ जना प्रहरी घाईते भएको प्रहरीले जनाएको छ । मधेशी मोर्चाको नेता तथा कार्यकर्ता सीमामा धर्ना बस्ने क्रममा प्रहरीले हस्तक्षेप गरेपछि तनाव भएको हो । भारततर्फ र
दशगजा क्षेत्रबाट नेपाल प्रहरीमाथी ढुंगा प्रहार भएको थियो । दिउसो १ बजे सीमामा आएका मधेशी मोर्चाका नेता एवम कार्यकर्ता दशगजा क्षेत्र नाघी धर्ना बस्न खोजेपछि प्रहरीले धरपकड गरेको छ । प्रहरीले मधेशी कार्यकर्तालाई समात्न खोजे पछि दशगजा क्षेत्रमा रहेका मधेशी कार्यकर्ताहरुले करिब आधा घण्टा प्रहरीमाथी ढुङ्गा हानेका थिए । आन्दोलनकारीको ढुङ्गा लागी रुपन्देहीका डिएसपी रामेश्वर कार्की, प्रहरी हवाल्दार कमल भट्टराई, प्रहरी जवान पूर्ण बहादुर थापा, रामकिसुन यादव लगायतका प्रहरी घाईते भएका छन । आन्दोलनकारीले प्रहरीमाथी ढुङ्गा र गुलेलीबाट समेत प्रहार गरेका बताएको छ । झडप पछि सीमाको अवश्था केही बेर तनाव उत्पन्न भएको थियो । झडपका कारण बिहान देखी सामान्य रुपमा आईरहेका मालबाहक ट्रकहरु भारततर्फ नै रोकिएर रहेका छन । सोमबार दिउसो सम्म ३० वटा सवारी मात्र आएको ईलाका प्रहरी कार्यालय बेलहियाले जानकारी दिएको छ । आईतबार पनि मोर्चाको प्रदर्शनको कारण सीमामा केही बेर झडप भएको थियो ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget