बाबुराम भट्टराईले भने,‘प्रचण्ड छिट्टै अख्तियारको फन्दामा पर्दैछन्’

नवलपरासीको देवचुली नगरपालिकाअन्तर्गत चौधरीग्रामका मजदुरहरुको आइतबार बिहान गरेको स्वागत तथा चियापान कार्यक्रममा पूर्वप्रधानमन्त्री भट्टराईले एमाओवादी भ्रष्टाचारको अखडा भएको बताए । ‘एमाओवादी भूकम्पका कारण रातो स्टिकर पाएको घर हो । त्यहाँ बस्दा मलाई पनि किच्ला भनेर छाडेँ,’ भट्टराईको भनाई उद्धृत गर्दै एक सहभागीले भने,‘एमाओवादीका अध्यक्षदेखि केन्द्रीय तहका केही नेता केही दिनभित्रै अख्तियारको फन्दामा पर्दैछन् ।’

नयाँ सरकार गठन हुने समयमा पूर्वप्रधानमन्त्रीबाट आएको अभिव्यक्तिलाई गम्भीर रुपमा लिइएको छ । गोर्खाबाट रुपन्देहीको धकधाईमा हुने कार्यक्रममा सहभागी हुन जाने क्रममा आइतबार बिहान भट्टराई नवलपरासी पुगेका थिए । आजको नागरिक दैनिकमा खबर छ ।

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget