‘नेतृत्व (प्रचण्ड) ले मलाई युद्धकालमा मार्ने षड्यन्त्र गरे’–भट्टराई

काठमाडौं । एमाओवादी परित्याग गरेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले युद्धकालमा आफुलाई तात्कालिन नेतृत्व (प्रचण्ड) ले मार्ने षड्यन्त्र गरेको आरोप लगाएका छन् । नयाँ शक्ति निर्माणको क्रममा देशव्यापी दौडाहा गरिरहेका भट्टराईले  नवलपरासीको दुम्कौलीस्थित चौधरी उद्योगग्राम भित्र आयोजित छलफल कार्यक्रमममा एमाओवादी अध्यक्ष पूस्पकमल दाहाल प्रचण्डमाथि यस्तो संगिन आरोप लगाएका हुन् । भुमिगतकालमा आफुले बैचारिक बहस चलाउन खोज्दा बन्दी बनाइएको र मार्ने षड्यन्त्र गरेको बताएका भट्टराईले भने, ‘पार्टीमा हालीमुहाली गर्दै रहेका केही उच्च खराब नेतृत्वको कारण एमाओवादीलाई सुधार्न
सकिँदैन र त्यसले परिणाममूखी राजनैतिक नेतृत्व पनि दिन सक्दैन भन्ने स्पष्ट भएकाले आफूले पार्टी र सांसदबाट राजीनामा दिएको हुँ ।’ उनले एक्लै पार्टी छोड्नुको कारण खराब मानिसहरु आफुसँग नआउन् भन्ने रहेछ । एमाओवादीभित्र आफ्नै बिचार समुहसँग समेत भट्टराई असन्तुष्ट रहेछन् । उनले भने, ुखराब मित्रहरु म सँग आउलान र मेरो नयाँ अभियान बिर्गालान भन्ने हेक्काकै कारण म एक्लै पार्टी छोडेको हुँ । एमाओवादीलाई अब यो भन्दा सुधार्न सक्दैसकिँदैन र नसुधरिने पार्टीमा बसेर जनतालाई देश र विषय वा चेतना साटने संघर्ष गर्ने अवस्था नै थिएन । त्यसैले बाहिर विभिन्न दलमा रहेका वा स्वतन्त्र रहेका साथीहरुसँग सल्लाह छलफल गरौं र निचोडमा पुगौला भन्ने चाहना र उद्देश्य मेरो हो, । जनयुद्धकालिन अवस्थामा भट्टराईलाई हिरासतमा लिएको नभई पार्टीका जिम्मेवारीहरुबाट तात्कालिन माओवादी जिम्मेवारी मुक्त गरेको थिए । एमाओवादी अध्यक्ष प्रचण्ड र भट्टराईले कारवाहीकै अवधिमा भट्टराईलाई १२ बुँदे सहमतिको आधार तयार पार्न भारत पठाएको कुरा यसअघि एउटै मञ्चमा बोल्दै आएका थिए । पार्टी परित्याग गरेर गएपनि भट्टराईप्रति नरम रहेका प्रचण्डमाथिको यस्तो गम्भिर आरोपको प्रतिवाद प्रचण्डले गर्न बाँकी छ । तर अनावश्यक आरोपप्रत्यारोप गर्दीन भनेका भट्टराई जुनजुन जिल्लामा जान्छन् कुरा बदल्दै र संगीन आरोपहरु लगाउन थालेका छन् । हिजो शनिबार गोरखा पुगेर मधेसी आन्दोलन गलत रहेको बताएका भट्टराईले त्यसअघि जनकपुर पुगेर मधेस आन्दोलनको सममर्थन गरेका थिए । आजै भट्टराई भेरहवा गएका छन् भने दाङ हुँदै धनगढी सम्म जाने कार्यक्रम उनको छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget