१२ काठमाडौं ।
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको उच्चस्तरीय राजनीतिक समन्वय समितिले भारतीय नाकावन्दी अन्त्यका लागि भारत सरकारसँगै त्यहाका राजनीतिक दलसँग समेत वार्ता गर्नुपर्ने निस्कर्ष निकालेको छ ।
भारतले विद्यालाई बधाइ दिँदै भारत बोलायो
समितिको आज विहान प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकले सरकारी तहमा मात्रै हुने छलफलले नाकावन्दी हडन नसक्ने निस्कर्ष सहित दोहोरो सम्वाद गर्नुपर्ने निस्कर्ष निकालेको हो
नाकावन्दीका कारण इन्धन र ग्यास अभावले जनजीवन कष्टकर हुँदै गएकाले छिटो अन्त्यका लागि सरकारको तहवाट दोहोरो सम्वादको आवश्यकता बैठकले ओल्याएको हो । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले गरेको भारत भ्रमणवाट निकास निस्कन नसकेकाले थप छलफलको आवश्यकता देखिएको बैठकपछि नेताहरुले बताए ।
सरकारले मधेस केन्द्रीत दलका माग सम्वोधनका लागि तत्कालै संबिधान संसोधन प्रक्रिया समेत अघि बढाउनुपर्ने ठहर गरेको छ । संबिधान संसोधनका लागि सरकार बाहिर रहेको नेपाली काग्रेससँग छलफल गर्ने सहमति पनि बैठकमा भएको छ ।
नेपालले चीनसँग इन्धन आपुर्ति सम्झौता गरेपछि भारतीय मिडियामा रुन्चे प्रतिक्रिया
मधेस केन्द्रीत दलसँग सरकारी वार्ता टोलीले गरेको छलफललाई परिणाममुखि बनाउनका लागि छलफललाई निरन्तरता दिने सहमति पनि बैठकले गरेको छ । एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालको संयोजकत्वमा रहेको समितिमा सरकारमा सहभागी ११ दलका नेताहरु सदस्यको रुपमा रहेका छन । समितिले सरकार सञ्चालनका लागि सहयोगी काम गर्ने तय गरिएको छ ।epalpaonline
Post a Comment