काठमाडौं,कार्तिक १२ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आन्दोलन नरोकिने र अझ कडा हुने बताएका छन् । 'मधेसी नागरिकलाई चिढ्याउने काम मात्रै भएका कारण पनि आन्दोलन झन्झन् चर्किएको यादवले बताए ।'
उनले,'सरकारले मधेस आन्दोलनलाई खिसिट्युरी मात्र गरेको छ । वार्ता टोली गठनको नाटक गरेर मधेस आन्दोलन तुहाउने प्रयास सरकारले गर्दै छ , हामी सरकारको नाटकबाट अनभिज्ञ छैनौं । मधेस आन्दोलनले उठाएका माग नबुझेजस्तो गरेर आन्दोलनलाई सरकारले नै चर्काएको उनले आरोप लगाए ।'
नेपाली भूमीमा चर्को दमन भएका कारण सीमानामा पुगेर आन्दोलन गर्नु परेको बताउदै यादवले भने- 'यो सबै कुराको जिम्मेवारी सरकार नै हो ।'
बिहीबार ईमेज एफएमसंग कुरा गर्दै यादवले भने - 'देश र नागरिकले अहिले खेपेको सास्ती अझ बढी हुने दिन आउँछ । आन्दोलनमा पीडा हुन्छ । सरकारले बेलैमा नसोच्ने हो 'भने स्थिति अझ विग्रन्छ ।'imagekhabar
Post a Comment