सिटौलाले प्रचण्डलाई भने- मलाई राष्ट्रपति बनाउनोस्, कांग्रेस सरकारमा आउँछ

१० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले आफूलाई राष्ट्रपति बनाउन एमाओवादी अध्यक्ष प्रचण्डसमक्ष प्रस्ताव राखेका छन् । सिटौलाको प्रस्तावबारे प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई जानकारी गराएका छन् ।
आफूलाई राष्ट्रपति बनाएको खण्डमा कांग्रेसलाई सरकारमा सहभागी गराउने दाबी सिटौलाले प्रचण्डसमक्ष गरेका छन् । सिटौलाको प्रस्तावबारे एमाओवादीका एक स्थायी समिति सदस्यले अनलाइनबरसँग भने- ‘कांग्रेस अहिले नै सरकारमा सहभागी गराउन नसके पनि सिटौला राष्ट्रपति बनेको खण्डमा ८/९ महिनापछि सरकारमा सहभागी हुने आश्वासन आएको छ ।’
सिटौलाले आफूलाई राष्ट्रपति बनाइयोस् भन्ने प्रस्ताव राखेपछि उनको प्रस्ताव प्रचण्डले केपी ओलीसम्म पुर्‍याएको एमाओवादीका एक नेताले बताए ।
प्रधानमन्त्रीको चुनावमा कांग्रेसलाई सहभागी गराउने र उपप्रधानमन्त्रीसहित गृहमन्त्री बन्ने योजनामा रहेका सिटौला आफ्नो लाइन असफल भएपछि राष्ट्रपति बन्ने नयाँ योजनामा लागेका हुन् ।
यद्यपि कांग्रेसको पदाधिकारी एवं केन्द्रीय कार्यसमितिको बैठकले भने केबी गुरुङलाई राष्ट्रपतिको उम्मेद्वार बनाउने औपचारिक निर्णय गरिसकेको छ ।
केपी ओलीको अर्को प्रस्ताव
उता प्रधानमन्त्री केपी ओलीले चाँहि आफ्नो सरकारलाई दुई वर्ष टिकाउने ग्यारेण्टी गरे कांग्रेसलाई राष्ट्रपति दिन सकिने अर्को शर्त अघि सारेको स्रोतको भनाइ छ ।
‘सिटौलाको चाहना आफू राष्ट्रपति बन्ने देखिएको छ,’ उता ओलीचाँहि आफ्नो सरकार कम्तिमा दुई वर्ष टिकोस् भन्ने चाहन्छन् ।’
एमाओवादीको ‘ग्रीन सिग्नल’

यसैवीच मंगलबार बसेको एमाओवादी स्थायी समितिको बैठकले कांग्रेसलाई राष्ट्रपति दिन सकिने संकेत गर्दै मध्यमार्गी निर्णय गरेको छ ।
मंगलबार बसेको एमाओवादी बैठकले अझै पनि सहमतिको राष्ट्रपति खोजी गर्ने निर्णय गरेर सिटौलाको प्रस्तावप्रति ‘ग्रिन सिग्नल’ दिएको हो ।
यसबारे एमाओवादीका एक स्थायी समिति सदस्यले अनलाइनखबरसँग भने- ‘हामी सत्तापक्ष भएकाले सिटौलालाई समर्थन गर्छौं भन्न मिलेन, त्यसैले सकेसम्म साझा उम्मेद्वारको खोजी गर्ने र त्यसो हुन नसकेको अवस्थामा मात्रै विद्या भण्डारीलाई मतदान गर्ने स्थायी समितिको बैठकको स्पिरिट हो ।’
सिटौलाले संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै एमाओवादीले दलहरुवीच सहमति भए उनलाई स्वीकार गर्ने सन्देस दिएको छ । साथै बैठकमा प्रचण्डले हिजो सरकारमा नआउनु गल्ती भयो भन्दै आत्मालोचित भएर आए कांग्रेसलाई राष्ट्रपति दिन एमाले पनि सकारात्मक रहेको पार्टीको बैठकमा ‘बि्रफिङ’ गरेका थिए ।
मंगलबार दिनभरिमा सिटौलाले एमालेबाट सहमति जनाएको अवस्थामा उनी राष्ट्रपतिको साझा उम्मेद्वार बन्न सक्ने स्रोतले बतायो ।
सिटौला राष्ट्रपति भए उपराष्ट्रपतिमा एमाले

यसैवीच राष्ट्रपतिका लागि सिटौलाको नाममा सहमति भएको अवस्थामा उपराष्ट्रपति एमालेको भागमा पर्ने स्रोतले बतायो ।
‘एमाओवादीले सभामुख पाइसकेको छ, कांग्रेसले राष्ट्रपति पायो भने शक्ति सन्तुलनको हिसाबले दोस्रो ठूलो दल एमालेले उपराष्ट्रपति दाबी गर्नु स्वाभाविक हुनेछ,’ स्रोतले अनलाइनखबरसँग भन्यो ।onlinekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget