पढाइमा कमजोर हुनेले खाने खानपान यस्ता छन्



काठमाडौँ, १० कात्तिक ।  खानपान र स्मरणशक्तिको पुरानो सम्बन्ध छ । विभिन्न अध्ययन पश्चात यो प्रमाणित भइसकेको छ कि उपयुक्त आहाराले स्मरणशक्तिलाई सँधैका लागी फुर्तिलो बनाइ राख्छ । तपाईको दिमागलाई ताजा बनाइ राख्ने मध्येको एउटा तत्व हो मुसुराको दाल । यसमा पाइने जिंक, भिटामिन बी र थियामिन दिमाग को तेज, केन्द्रित र ताकत बढाउँछ ।

त्यस्तै स्मरणशक्तिलाई तेज बनाउन पतिनाको पनि उत्तिकै महत्वपूर्ण भुमिका हुने गर्दछ । एमएसएनका अनुसार पतिनामा भिटामिन ए र भिटामिन सी पाइन्छ जस्ले स्मरणशक्तिको मात्रामा वृद्धि गर्दछ ।

तरकारीको परिकार मध्ये पनि काउलीलाई उत्तम मानिँदै आएता पनि यसलाई दिमाग बढाउने तरकारीका रुपमा पनि हेरिन्छ । यसमा हुने भिटामिनले बढ्दै गरेको दिमागलाई थप तेज बनाउँन मद्धत गर्छ । त्यस्तै गाजर डल्ले मुला र दालचिनी पनि दिमाग बढाउने चिज अन्र्तगत नै पर्दछन् । एजेन्सीको सहयोगमा ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget