एमाओवादी मन्त्रीको घाँटीमा प्रचण्डको ‘तरवार’ !

काठमाडौं – विगतमा जस्तो आफुखुसी निर्णय लिने मन्त्रीका कारण पार्टीको ‘इमेज’ विग्रिएको निश्कर्षमा पुगेका एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले यसपाली आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीको घाटीमा ‘तरवार’ झुन्डाएका छन् । आफ्नै निवास लाजिम्पाटमा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई बोलाएर प्रचण्डले जुनसुकै बेला पनि बर्खास्त गर्ने चेतावनी दिएका छन् ।
‘तपाईहरुले मन्त्री बनियो । अव कमाउनतिर लाग्नुपर्छ भनेर मुख रसाउनुभएको होला । गन्थ्रीबाट रस निकाल्ने काम पनि भए होला,’ आठ जना मन्त्रीलाई सोफामा बसालेर प्रचण्डले भनेको उदृत गर्दै एक मन्त्रीले रातोपाटीसँग सुनाए, ‘संविधानसभा–२ पछि म आफुलाई करेक्शन गर्दै लगेको छु । तपाईहरुले पनि आफुले आफैलाई करेक्सन गर्नुहोस् । करेक्सन गर्न सक्नुभएन भने ठान्नुहोला, जुनसुकै बेला पनि तपाईको मन्त्री पद जान सक्छ । यस पाली म कम्परमाइज गर्दैन । तपाईहरुको घाटीमा तरवार झुन्डाराख्छु ।’
ती मन्त्रीका अनुसार प्रचण्डले नेतृत्वको कला र योजनाका कारण राजनीति शक्तिसन्तुलनमा फेरबदल आएको भन्दै अहिले जनताका सेवामा लाग्न मन्त्रीलाई निर्देशन दिएका थिए । ‘तपाईहरुलाई थाहा छ । चुनाव हारेको पार्टी हो एमाओवादी । तेस्रो त्यो पनि थोरै सांसदसहितको पार्टी । यस्तो बेला तपाईहरुले यति धरै र महत्वपूर्ण मन्त्रालय पाउछौँ भन्ने सोच्नुपनि भएको थिएन होला । यो त नेतृत्वले लिएको योजना र कलाले सम्भव भएको हो ।’ प्रचण्डको भनाई उदृत गर्दै ति मन्त्रीले भने, ‘यो एमाओवादीका लागि अवसर हो । तपाईहरुले जनताको सेवामा पुरै समय लगाउनुहोस । त्यो भएन र आफ्नै तालले काम गर्नुभयो भने म कठोर कदम चाल्न बाध्य हुनेछु ।’
मन्त्रीलाई चेक गर्न समिति
एमाओवादीले आफ्ना मन्त्रीहरुको काममको अनुगमन गर्न उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशको नेतृत्वमो समिति नै बनाएको छ । प्रचण्डको सचिवालयले पार्टीका तर्फबाट सहभागी मन्त्रीहरुलाई जनताको पक्षमा काम गर्न अध्यक्षले निर्देशन दिएको बतायो । एकीकृत माओवादीले पार्टी सचिव एवम् संसदीय दलका उप नेता टोपबहादुर रायमाझीको नेतृत्वमा आठ मन्त्री सरकारमा सहभागी छन् । नेता रायमाझीले उपप्रधानसहित उर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् ।ratopati
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget