चीनले भन्यो- नेपालको इन्धन अभाव पूर्ति गर्छौ

कात्तिक, काठमाडौं । चीनले नेपाललाई अत्यावश्यक वस्तुहरुको आपूर्तिमा सहयोग गर्ने प्रतिवद्धता पुनः दोहोर्‍याएको छ । नेपालमा जारी इन्धन आपूर्तिको संकटलाई टार्न नेपाल सरकारको अनुरोध बमोजिम सहयोग प्रदान गरिने उसको भनाइ छ ।
चिनिया विदेश मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले भनिन्-‘एउटा मित्रवत् छिमेकीका नाताले नेपालमा कायम इन्धन अभावलाई पूर्ति गर्न नेपाल सरकारको अनुरोध बमोजिम सहायता प्रदान गर्न तत्पर छौं ।’
प्रवक्ताले यस विषयमा नेपाली पक्षसित आफूहरु निकट सम्पर्कमा रहेको समेत जानकारी दिइन् । इन्धन आपूर्तिका लागि पहल गर्न हाल नेपालको प्रतिनिधिमण्डल चीन भ्रमणमा छ । यो टोलीले सम्झौता समेत गर्न सक्नेछ ।
साथै चीनले नेपाललाई एक हजार मेटि्रक टन अर्थात १३ लाख लिटर पेट्रोल अनुदान दिने प्रतिवद्धता जनाइसकेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget