नेपालीको बिजोग आफुले हेर्न नचाहेको र आफै चिन गएर इन्धन ल्याउन बार्ता गर्ने पुर्व राजा ज्ञानेन्द्र को दाबी

७ कात्तिक–  भारतबाट भन्दा चीनबाट आयात गर्ने पेट्रोलियम पदार्थको मूल्य सस्तो पर्ने देखिएको छ ।
उपभोक्ता अधिकारकर्मीहरुका अनुसार ढुवानी खर्च र बिक्रेतालाई दिने नाफा कटाएर पनि चिनियाँ तेल उपभोक्ताले भारतबाट ल्याउने भन्दा सस्तोमा पाउन सक्नेछन् ।
राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल श्रेष्ठले भारतको तुलनामा चीनबाट आयात गरिने पेट्रोलियम निकै सस्तो पर्ने काठमाण्डु टुडेलाई बताए ।
अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार चीनमा पेट्रोलको मूल्य प्रतिलिटर ४२ रुपैयाँ (नेपाली) पर्र्छ । ढुवानी र बिक्रेतालाई दिने नाफा परल मूल्यको दोब्बर भएको अवस्थामा समेत पेट्रोलको मूल्य प्रतिलिटर ८४ रुपैयाँभन्दा बढी नपर्ने दाबी उनको छ ।
‘विश्वमा इन्धनको बजार अमेरिका र ओपेक हो । चीनले ओपेकबाट इन्धन ल्यउने गरेको छ । ओपेकको मूल्यअनुसार पेट्रोलको मूल्य ४२ रुपैयाँ प्रतिलिटर हुन आउँछ’, ‘महर्जनले काठमाण्डु टुडेसँग भने, ‘परल मूल्यको शतप्रतिशत नै बढाएर उपभोक्तालाई दिँदासमेत ८४ रुपैयाँप्रतिलिटर भन्दा बढी पर्दैैन ।’
हाल भारतबाट आयत गरिने पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १ सय ४ रुपैयाँ छ । नेपाल आयल निगमको पहलमा नभई राजनीतिक र कुटनीतिक पहलबाट सिधै तेल आयात गर्न लागिएकाले चीनले अन्तर्राष्ट्रिय मूल्यमा समेत घटाएर अनुदानमा तेल दिन सक्ने सम्भावना रहेको उनले औंल्याए ।
महर्जनले विगत १७ वर्षको दौरानमा भारतको इन्डियन आयल कर्पोरशेनले जहिले पनि अन्तर्राष्ट्रिय बजार मूल्यको तुलनामा नेपालसँग बढी रकम लिँदै आएको बताए । त्यसमा पनि भारतका विभिन्न राज्य हुँदै आयात गर्दा ती ठाउँमा तिर्नुपर्ने राजश्वका कारण पेट्रोलियमको मूल्य बढी पर्न गएको तर्क महर्जनको छ ।
आयल निगमको दाबी झुठ
महर्जनले भारतबाहेक अन्य मुलुकबाट आयात गर्दा पेट्रोलियम पदार्थको मूल्य दोब्बर पर्ने आयल निगमका अधिकारीहरुको दाबी ससासर झुठो भएको आरोप लगाए ।
निगम अधिकारीहरुले इन्धनमा भारतीय एकाधिकार कायमै राख्ने नियतका साथ जनतामा गलत प्रचार गरेको उनको भनाइ छ ।epalpaonline

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget