धेरै पटक भन्याैं तर भारतले नाका खोल्न मानेनः कोइराला

७ कार्तिक, २०७२

काठमाडाैं-नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाले अाफू नेतृत्वको सरकारले भारतलाई बारम्बार नाका खोल्न अाग्रह गर्दापनि नाका नखुलेको बताएका छन्। उनले नेपालकै अान्दोलनकारीले नाका बन्द गरेको भन्दै भारतले अाफ्ना कारणले नाका बन्द नभएको भन्दै केही गर्न नसक्ने जवाफ दिएको स्मरण गरे।




व्यवस्थापिका संसदको शनिबारको बैठकमा सम्बोधन गर्दै कोइरालाले भने ‘भारतले हाम्ले नाकाबन्दी गरेकै छैन भन्छ,’ उनले थपे ‘नेपाल तर्फको सुरक्षाको जिम्मा हामीले लिन्छाैं भन्दा पनि भएन।’

कोइरालाले मधेसी मोर्चासँग अबिलम्ब वार्ता गरेर समस्याको समाधान गर्न सरकारको ध्यानाकर्षण गराए। ‘मोर्चासँगको कुरा मिल्यो भने सबै समस्या समाधान हुन्छ’ उनले भने ‘हामी प्रतिपक्षमा रहेर पनि सरकारलाई सहयोग गर्न तयार छाैं।’ उनले पुनः निर्माण प्राधिकरणको कामलाइ महत्व दिन सरकारलाइ सुझाव दिए। ‘अन्तराष्ट्रिय समुदाय नेपालका भूकम्प पीडितका लागि खर्बौै लगानि गर्न तयार छ, देशको मुहार फेर्ने यो अवसर पनि हो, त्यसैले सरकार गम्भीर भएर काम गराेस्।’
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget