अख्तियार प्रमुख कार्कीलाई चीनले बोलायो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई तिब्बतले औपचारीक भ्रमणको निम्तो गरेको छ । नेपालका लागि जनगणतन्त्र चीनका राजदुत उ चुन्ताइ ले ले मंगलबार कार्कीलाई भेटेर तिब्बत स्वायत्त क्षेत्रको निम्तोपत्र हस्तान्तरण गरेका हुन् । भ्रमणका क्रममा भ्रष्टाचार नियन्त्रणका लागि द्विपक्षिय प्रयास र उपलब्धिको विषयमा छलफल हुने जनाईएको छ ।
कार्कीलाई निमन्तोपत्र हस्तान्तरण गर्दै राजदुत चुन्ताईले नेपालमा भ्रष्टाचार नियन्त्रणमार्फत सुशासन प्रवर्धनमा आयोगले पुर्याएको योगदानको प्रशंसा गरे । उनले प्रमुख आयुक्तको नेतृत्वमा आयोगले सम्पादन गरेका कार्यहरुबाट आयोग आम नागरिकको विश्वास र भरोसाको केन्द्रको रुपमा स्थापित हुन सम्भव भएको विचार व्यक्त गरे ।
त्यसैगरी भ्रष्टाचार नियन्त्रणका लागि द्विपक्षीय सहकार्य र साझेदारी प्रवर्धन गर्ने दिशामा थप प्रयत्नरत रहने तथा आयोगको क्षमता विकासका लागि चीन सरकारको सहयोग र समन्वय निरन्तर रहने धारणा समेत उनले राखेका थिए ।
भेटमा राजदुत चुन्ताई र प्रमुख आयुक्त कार्की ले अघिल्लो वर्ष गरेको चीन भ्रमणको स्मरण गर्दै त्यस यताका दिनहरूमा भ्रष्टाचार नियन्त्रणको दिशामा भएका द्विपक्षीय प्रयास र उपलब्धिको बारेमा छलफल गरेका थिए ।
कार्किले चीनले नेपालको विकासमा पुर्याएको बहुआयामिक सहयोगबारे उल्लेख गर्दै भूकम्पपछिको तत्कालीन उद्धार र पुनःस्थापनामा चीनले पुर्याएको योगदान र प्रतिबद्धताको समेत प्रशंसा गरे ।ratopati
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget