काठमाडौं – एमाओवादी परित्याग गरेको एक महिनापछि डा.बाबुराम भट्टराईले माअोवादी आन्दोलनमा भएका गल्ती–कमजोरी बाहिर ल्याएका छन् । बुधवार एक दैनिक पत्रिकामा ‘इतिहासको कठघरामा एउटा बकपत्र’ शीर्षकको लामो लेख लेखेर भट्टराईले गल्ती–कमजोरी बाहिर ल्याएका हुन् । उनले यस्ता गल्ती–कमजोरीको जिम्मेवारी पनि लिएका छन् ।
भट्टराईले लेखेका छन्, ‘पहिलो कुरा, यो ‘आन्दोलन’को रूपमा त प्रभावकारी र सशक्त रह्यो, तर मुख्यतस् शान्ति प्रक्रियामा आइसकेपछि यसले संगठित रूप लिनसकेन र संगठनविना उत्पीडित वर्गरसमुदायमा आधारित यो शक्ति लामो समय नटिक्नु स्वाभाविकै हुन्थ्यो।’
उनले युद्धको कमाण्ड–कन्ट्रोलको ढाँचामा निर्मित र ‘क्रान्तिकारी प्राधिकार’को नाममा अति–केन्द्रित नेतृत्व प्रणाली भएको माओवादी मुख्यत एमाओवादी भित्र सत्ता, शक्ति र सम्पत्तिको धेरै केन्द्रीकरणभएको र त्यहाँ कुनै प्रणाली र संस्थाको विकासै हुन नसकेको उल्लेख गरेका छन् । माअोवादी आन्दोलन विघटनमा उनले यसलाई दोस्रो कारण मानेका छन् । उनी अगाडि लेख्छन्, ‘बरु उल्टै मुख्य नेतृत्व वरिपरि वर्ग–उत्थानीकरण,भ्रष्टीकरण र ‘क्रोनी–क्यापिटालिजम’को अनियन्त्रित विकास भयो र त्यसले सम्पूर्ण आन्दोलनलाई नै प्रदूषित र विकृत गर्यो।’
भट्टराईले कमजोरी रोक्न पहल गरेपनि असफल भएको बताएका छ । गल्तीको जिम्मेवारी लिदै लेखेका छन् । ‘माओवादी आन्दोलनको अभिन्न अंग हुनुको नाताले मैले पनि यस्तो दुष्परिणामको आफ्नो हिस्साको नैतिकजिम्मेवारी लिनैपर्छ र लिन्छु पनि। मैले पार्टीभित्रको अति–केन्द्रीकृत ढाँचा, नेतृत्व प्रणाली, वर्ग–उत्थानीकरण र सम्भावित दुस्परिणामबारे निरन्तर वैचारिक–राजनीतिक संघर्ष त चलाएँ, तर संगठनमाप्रभावकारी हस्तक्षेप गरेर रोक्न असफल भएँ। म आफ्नो कमजोरीप्रति सार्वजनिक आत्मालोचना गर्छु। फेरि पनि विचलन, टुटफुट, विघटन र विसर्जनको अवस्थामा रहेको माओवादीरएमाओवादीभित्रनेता, कार्यकर्ता र समर्थक जनताको ठूलो पंक्ति बाँकी छ। त्यसलाई नयाँ आधारमा नयाँ ढंगले संगठित गर्ने सम्भावना अझै छ।’
भट्टराईले अहिलेको सरकारबाट भविष्यमा थप संकट आउने दावी समेत गरेका छन् । ‘ संविधानसभाबाट नयाँ संविधान जारी भएसँगै एमाले, एमाओवादी, राप्रपा–नेपाल, फोरम गच्छदार लगायतको जुन अत्यन्तसिद्धान्तहीन, अवसरवादी गठबन्धन सरकार बन्यो, त्यसले नेपालका पुराना राजनीतिक शक्तिहरूको पुरानै चरित्र फेरि एकचोटी जनसमक्ष उदांगो पारेको छ। खासगरी गणतन्त्र, संघीयता,धर्मनिरपेक्षता जस्ता नयाँ संविधानका आधारभूत सिद्धान्त र मूल्य—मान्यता विरोधी शक्तिहरूको ‘भिटो’ रहनेगरी जुन गठबन्धन सरकार बनेको छ, त्यसले आगामी दिनका निम्ति गम्भीरअनिष्टको संकेतमात्र गरेको छ।’ भट्टराईले लेखेका छन् ।
भट्टराईले लक्ष्मी र सरस्वतीसँगै बस्ने गरि आफुले नयाँ घर बनाउन लागेको छ । ‘लक्ष्मी र सरस्वती सँगै नबसेझै सत्य र सत्ता अस्कर सँगै बस्दैनन् भन्ने मलाई थाहा छ । ’ भट्टराईले लेखेका छन्, ‘म तिनीहरुलाई सँगै राख्ने नयाँ घरको खोजीमा छु ।’
भट्टराईले आफ्नो लेखमा नयाँ शक्तिले लिने पाँच स को ब्याख्या पनि गरेका छन् ।ratopati
Post a Comment