यी हुन् दुईवटा अनुहार भएको मानिस, जसले तनावकै बीचमा आत्महत्या गरे

बेलायत । झट्ट हेर्दा तपाईले यो तस्बिरलाई फोटोशपको कमाल हो भन्ने निष्कर्ष निकाल्नुभयो होला तर, तपाई गलत हुनुहुन्छ । यो फोटोशपबाट बनाइएको तस्बिर नभएर एक वास्तविक मानिसको तस्बिर हो । बेलायतमा बस्ने एडवर्ड मोर्दकै जन्मजात यही अवस्थामा जन्मिएका थिए ।
जन्मदै दुईवटा अनुहारसहित जन्मिएपछि बाल्यकालमा उनको परिवार यो समस्याबाट तनावमा थियो । हुर्कंदै गएपछि एडवर्ड पनि तनावमा फस्न थाले किनकी एकातिरको अनुहार सुत्दा अर्कोपट्टि मुख हाच्छिउँ गरिरहने । एकापट्टिको अनुहार हाँस्ने र हाच्छिउँ गर्नेबाहेकको अरु प्रतिक्रिया नदिने । मानिसहरुले त मोर्दकैको अर्को अनुहारलाई शैतानको रुपमा सम्बोधन गर्न सुरु गरिदिए ।
समस्या बढ्दै गएपछि मोर्दकैले आफ्नो दोस्रो अनुहार टाउकोबाट अलग गर्न डाक्टरकोमा पनि गए तर कुनै पनि डाक्टर उनको दोस्रो अनुहारको शल्यक्रिया गर्नको लागि तयार भएनन् । आफ्नो यस्तो दुई अनुहारको अन्तरविरोधका कारण एडवर्ड मोर्दकैले २३ वर्षकै उमेरमा आत्महत्या गरे । मानिसहरु भन्छन् कि एडवर्ड मरेपछि उसको दोस्रो शैतानी अनुहार केही सुस्काएको थियो ।sajhapost
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget