विद्या भण्डारी राष्ट्रपति र कमाण्डर पासाङ उपराष्ट्रपति बन्ने सम्भावना उच्च
शनिबार, ७ कार्तिक, भाग्य र परिस्थितिले साथ दिएमा र अन्यथा नभएमा एमालेकी उपाध्यक्ष विद्या भण्डारी राष्ट्रपति र एमाओवादीको जनमुक्तिसेनाका बहुचर्चित कमाण्डर नन्दकिशोर पुनः पासाङ उपराष्ट्रपतिमा निर्वाचित हुने सम्भावना वढेको छ ।
कांग्रेशले गठबन्धन तोडेर प्रधानमन्त्री चुनावमा अलग उम्मेदवारी दिएपछि एक थरि कांग्रेशका नेताहरुले तीन दलीय गठवन्धनलाई पुनः जोड्ने प्रयास थालनी गरे पनि अपेक्षाकृत प्रगति नभएको वताइन्छ । एमाले र एमाओवादीको ठुलो हिस्सा पनि कांग्रेश पुनः सत्ता गठवन्धनमा आओस् भन्ने चाहने भएतापनि कांग्रेश कै ठुलो निर्णायक हिस्सा अहिले एमालेको नेतृत्वको सरकारमा जान हुन्न भन्ने रहेकोले यसमा प्रगति हुन नसकेको वताइन्छ ।
कांग्रेशको आन्तरिक राजनीतिमा निर्णायक भूमिकाको हैसियत भएका एकथरि नेताहरु शुशील कोइरालालाई नै आगामी महाधिवेशनमा सभापतिमा पुनः उठाउन जोडतोड प्रयास गरिरहेको वताइन्छ । शुशील कोइराला नउठेमा देउवाले स्वतः जित्ने र कोइराला परिवारवाट कांग्रेशको नेतृत्व अरुको हातमा जाने हुनाले शुशील कोइरालालाई कुनै पनि हालतमा राष्ट्रपतिमा अहिले पठाउनु हुन्न भन्ने मत बलियो हुँदै गएको वताइन्छ ।
यसका साथै अहिलेको सरकारलाई सहयोग गर्ने राप्रपा नेपाल र फोरम लोकतान्त्रीकलाई स्वदेश तथा विदेशको सहयोगमा आफ्नो पक्षमा ल्याएर कांग्रेशको आफ्नै नेतृत्वमा सरकार वनाउन सकिने सम्भावना तर्फ पनि कांग्रेशको नेतृत्व आशावादी हुन थालेकोले अहिले राष्ट्रपतिमा नगई केही समय पछि सरकार कै नेतृत्व गर्ने वारे सोच वनिरहेको पनि श्रोतको भनाई छ । राप्रपा नेपालको आफु सामेल सरकार गिराउन लागेको विगत इतिहास र फोरम लोकतान्त्रीकको सत्तामुखी विगतलाई हेर्दा आगामी केही महिना भित्र वर्तमान गठबन्धनवाट उनीहरु कांग्रेशको नेतृत्वमा अर्को सरकार वनाउन जाँदैनन् भन्न नसकिने पर्यवेक्षकहरु वताउँछन् ।
यस्तो स्थितिमा अहिलेको गठवन्धन वाट एमालेले राष्ट्रपतिको भाग पाउने हुन्छ र एमाओवादीले उपराष्ट्रपतिको पद पाउने हुन्छ । यस्तो स्थितिमा एमाले वाट विद्या भण्डारीको सम्भावना वढ्न गएको पर्यवेक्षकहरुको भनाई छ । एमालेमा झलनाथ खनाल र सुवास नेम्वाङको पनि सम्भावना भएपनि एमाओवादीले आफ्नो आन्तरिक समस्या मिलाउन एमालेवाट महिला उम्मेदवार राष्ट्रपतिमा उठाउन जोड दिइरहेको छ । अहिले मन्त्रीहरु पठाउने निर्णय गर्दा प्रचण्डले पासाङलाई उपराष्ट्रपतिमा पठाउने गरि वचन दिएको हुनाले नै निर्णय भैसकेपछि चर्को विवाद नआएको हो ।
एमालेका तीन उम्मेदवारहरु मध्ये विद्या भण्डारीले रुचि पनि देखाउनु भएको , सुवास नेम्वाङलाई पछिको लागि प्रधानमन्त्री उम्मेदवार वनाउन पनि सकिने सम्भावना र झलनाथ खनालको गुट पनि नभएकोले अहिले ठुलो समस्या पनि नहुने तथा आगामी चुनाव पछिको राष्ट्रपति वनाउने आश्वासन दिन सकिने स्थिति भएकोले एमालेवाट विद्या भण्डारीको नै सम्भावना वढेको वताइन्छ ।
राष्ट्रपति महिला भएमा एमाओवादीको भागमा पर्ने उपराष्ट्रपतिमा पुरुष उठाउन पर्ने संवैधानिक व्यवस्था अनुसार अहिले सम्म कुनै पनि सरकारी पदमा नगएका र जनयुद्धमा महत्वपूर्ण भूमिका निभाएका कमाण्डर नन्दकिशोर पुनः पासाङ उपराष्ट्रपतिमा पठाउने करिव करिव निश्चित भएको एमाओवादी श्रोतले वताएको छ । नेपाल सन्देश बाट ।purbelinews
Post a Comment