चिनियाँ ग्यास सय रुपैयाँ सस्तो

बुधबार ११ कार्तिक, २०७२
चिनियाँ ग्यास सय रुपैयाँ सस्तो
काठमाडौं- भारतबाट भन्दा चीनबाट ग्यास ल्याउँदा प्रतिसिलिन्डर सय रुपैयाँ सस्तो पर्ने व्यवसायीले दाबी गरेका छन्। भारतबाट ग्यास ल्यिाउँदा एक सिलिन्डरको १ हजार ४ सय रुपैयाँ पर्छ। चीनबाट ल्याए १ हजार ३ सय मात्र पर्ने ग्यास उद्योगीको भनाइ छ।

चीनले अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार दियो भने ग्यास प्रतिसिलिन्डर १ हजार ३ सय रुपैयाँमा ल्याएर बिक्री गर्न सकिने उद्योगीले बताए। चीनले अन्तर्राष्ट्रिय बजार मूल्यलाई आधार मानेर ग्यास उपलब्ध गराउने आश्वासन पनि दिएको छ।

'चिनियाँ उच्च अधिकारीसँग छलफल गर्दा अन्तर्राष्ट्रिय भाउ अनुसार ग्यास दिने आश्वासन प्राप्त भएको छ,' एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले मंगलबार नागरिकसँग भने, 'आश्वासन अनुसार काम भए एक सिलिन्डर ग्यास १३ सयमा पाइन्छ।'

उनका अनुसार पेट्रो नेसनल चाइना कम्पनीले अन्तर्राष्ट्रिय बजार मूल्यमै तेल दिन अनौपचारिक सहमति जनाएको छ। व्यवसायीले केरुङ र तातोपानी नाकाको अध्ययनसमेत गरिसकेको छन्।

व्यवसायीले नेपालस्थित चिनियाँ दूतावासका उच्च अधिकारीसँग कुरा गर्दा तातोपानीभन्दा केरुङ नाकाबाट मात्रै पेट्रोलियम पदार्थ ल्याउन दिने बताएका छन्। तातोपानी नाकाबाट ग्यास र पेट्रोलियम ल्याउँदा अझ सस्तो पर्ने भएकाले व्यवसायीले सो नाका खोल्न प्रस्ताव गर्दा चिनियाँ पक्षले अस्वीकार गरेको छ।

भूकम्पको कारण देखाउँदै चीनले तातोपानी नाका नखोल्ने बताएको हो। केरुङभन्दा तातोपानीबाट पेट्रोलियम ल्याउँदा १ सय ८० किलोमिटर छोटो पर्छ। सोही आधारमा मूल्य पनि कम पर्न जाने अध्यक्ष घिमिरेले बताए।

घिमिरेका अनुसार केरुङ नाकाबाट १४ टन क्षमताका ग्यास बुलेट ल्याउन सकिन्छ। तातोपानी नाका खुले २८ टन क्षमताका ग्यास बुटेल काठमाडौं भिœयाउन सकिने उनको भनाइ छ। 'हामी मुलुकले भोगिरहेको समस्या हल गर्न चीनबाट ग्यास ल्याउने पहल गरिरहेका थियौं। यसका लागि चीनको निजी क्षेत्रसँग छलफल गरेर अध्ययनका लागि त्यहीँ जान लागेका छौं,' उनले भने, 'यस्तो संकटको बेला समेत सरकारी निकायको असहयोग रह्यो र हामी चीन जान सकेनौं।'

परराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता दीपक अधिकारीले वाणिज्य मन्त्रालयले पठाएको पत्रको आधारमा चिनियाँ दूतावासले भिसा दिन नसक्ने जानकारी दिएको बताए। 'वाणिज्यले जुन पत्र उपलब्ध गराएको छ, त्यसको आधारमा भिसा दिन सकिन्न,' चिनियाँ दूतावासको भनाइ उद्धृत गर्दै अधिकारीले भने, 'त्यसको कारण रोकिएको हो।'

पेट्रोलियम पदार्थ निर्यात गर्ने अधिकार पेट्रो नेसनल चाइना कम्पनीलाई मात्र छ। सो कम्पनीका डिपो विभिन्न स्थानमा छन्। त्यसमध्ये कुनै एक वा दुई ठाँउबाट नेपालमा इन्धन भिœयाउन सकिन्छ।

परराष्ट्रले पत्र नलेखेपछि व्यवसायीले चिनियाँ दूतावासमा भिसा आवेदनसमेत गर्न पाएनन्। घिमिरेका अनुसार परराष्ट्रका अधिकारीले माथिको आदेश भन्दै पत्र दिन अस्वीकार गरेका हुन्। देशलाई संकटबाट उतार्न सकिन्छ कि भनेर जान लागेका हौं,' घिमिरेले भने, 'तर परराष्ट्रका अधिकारीले मुलुकलाई संकटमै पारेर रमाउन खोजेको पायौं।'

परराष्ट्रले पत्र लेख्न अस्वीकार गरेपछि उनीहरुले उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापालाई समेत भेटेको बताए। तर थापाले यस विषयमा आफूलाई केही जानकारी नभएको बताएको घिमिरेले जानकारी दिए।

कम्पनीले नेपालका खाली सिलिन्डर लगी भरेर ल्याउने प्रस्ताव निगममा गरेको थियो। निजी क्षेत्रको अर्को कम्पनी साइराम सप्लायर्सलाई समेत पत्र लेख्न परराष्ट्र मन्त्रालयले अस्वीकार गरेको छ। ग्यास ल्याउन भनेर दसैं, फूलपातीको दिनमा सोही टोली केरुङ पुगेको थियो। चीनतर्फ पहिरो गएपछि बीचबाटै टोली फर्किएको थियो। आयल निगमका निमित्त नायव कार्यकारी निर्देशक सुशील भट्टराईसहितको टोलीमा घिमिरे, भण्डारी, शाक्य, साइराम सप्लायर्सका अध्यक्ष ज्ञानेश्वर अर्याल र सञ्चालक महेश्वर घिमिरे सहभागी थिए। यो टोली दसैंलगतै चीन गएर ग्यास ल्याउने प्रक्रिया टुंग्याउने प्रयासमा थियो।nagariknews

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget