काठमाण्डाै, ११ कात्तिक– भारतको आग्रहमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल–भारत सीमामा हुने चाँदीको चोरीनिकासीबारे अनुसन्धान थालेको छ । भारतको सीमामा हुने चाँदीको चोरीनिकासी रोक्ने भनेपछि अख्तियारले अहिले अर्थ मन्त्रालयअन्तर्गत भन्सार विभागसँग जानकारी माग गरेको छ ।
अर्थ मन्त्रालय उच्चस्रोतका अनुसार काठमाण्डुस्थित भारतीय दूतावासले सिधै अनुसन्धानको आग्रह गर्दैै अख्तियारलाई चिठी पठाएपछि त्यसैलाई आधार मानेर जानकारी माग गरिएको हो ।
कुनै पनि विदेशी दूतावासले परराष्ट्र मन्त्रालयमार्फत मात्र अन्य सरकारी निकायसँग सम्पर्क गर्ने कूटनीतिक मान्यता छ । भारतीय दूतावासले सिधै पत्राचार गरेपछि अख्तियारले पनि त्यही आधारमा भन्सार विभागसँग जानकारी मागेको हो । अाजकाे नागरिक दैनिकमा खबर रहेकाे छ ।purbelinews
Post a Comment